नेपालद्वारा मलेसिया १९ रनले पराजित

काठमाडौँ — एसिया कप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई १९ रनले पराजित गरेको छ । वर्षाका कारण ३०/३० ओभरमा छुट्याइएको खेलमा नेपालले ७ विकेट गुमाउँदै १८८ रन जोडेको थियो । १८९ रनको विजय लक्ष्य पछ्याएको मलेसियाले ९ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपालका लागि आरिफ शेखले नट आउट ६४ रन र दीपेन्द्रसिंह ऐरीले ५४ रनको योगदान दिए।

यी दुई खेलाडीले छैटौं विकेटका लागि शतकीय साझेदारी गरेपछि नेपालले राम्रो योगफल खडा गरेको हो।आज बिहान नेपाली समयअनुसार सवा ७ बजे खेल हुनुपर्ने भएपनि वर्षाका कारण केहीबेर ढिला भएको थियो। मलेसियाले टस जितेर फिल्डिङ रोजेको थियो। खेल ३०-३० ओभरमा छोट्याइएको थियो।

नेपालले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरेको थियो । जितसँगै नेपालले छनौट खेलको फाइनलमा पुग्ने सम्भावना जिवितै राखेको छ । छनौट खेलको विजेताले एसिया कप खेल्न पाउनेछ।

प्रतिकृया दिनुहोस

महिला टि–२० क्रिकेट : थाइल्याण्डलाई पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौं – थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

जर्मनीको जितमा सानेको गोल

एजेन्सी । लोरी सानेको गोलमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल अन्तर्गत बिहीबार राति रुसलाई ३–० ले पराजित गरेको छ ।  जर्मनीका प्रशिक्षक

आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं, बिहीबार – साफ यु–१५ च्याम्पियनसिप आज बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत