सिंगापुरद्वारा नेपालसामु १ सय ५२ रनको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं – मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको चौंथो खेलमा सिंगापुरले नेपालसामु जितका लागि १ सय ५२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १ सय ५१ रन बनाएको हो।

नेपाली बलरसामु कमजोर देखिएको सिंगापुरका लागि कप्तान चेतन सुर्यवन्सीले सर्वाधिक ६० रन बनाए। उनले ८८ बलमा ८ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै अनिश परामले ३१ र कार्तिकेयान सुब्रमनियनले २० रन बनाउनु बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन्। सिंगापुरलाई सस्तैमा समेटन नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले ३–३, सोमपाल कामीले २ तथा बसन्त रेग्मीले १ विकेट लिए।  

यसअघि खेलेका तीनमध्ये २ खेलमा हार र १ खेलमा जित निकालेको नेपाल अंकतालिकाको पाँचौ स्थानमा छ। नेपाल पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले हारेको थियो भने हिजो भएको तेस्रो खेलमा भने आयोजक मलेसियामाथि १९ रनको जित निकालेको थियो।

पाँच महिनाअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो। श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो। प्रतियोगितामा नेपालबाहेक हङकङ, आयोजक मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स छन्। 

प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। विजेता टोलीले सेप्टेम्बर १५ बाट युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा स्थान बनाउनेछ। छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।


 

प्रतिकृया दिनुहोस

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

काठमाडौं – नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सको सामना गर्ने भएको छ। आइतबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा भारतले

नेपाल हङकङसामु निरीह, ९५ रनमा अलआउट

काठमाडौं – एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग प्रतिस्पर्धा गरिरहेको नेपालले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ। मलेसियामा

नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

काठमाडौं – मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ।सिंगापुरले जितका लागि प्रस्तुत गरेको १