बंगबन्धु गोल्डकपकाे तालिका सार्वजनिक,समूह ए मा पर्याे नेपाल

पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप प्रतियोगितामा नेपाल समूह ए मा परेको छ।बंगलादेश फुटबल फेडेरेसनले शनिबार सार्वजनिक गरेको ड्रमा नेपाल समूह ए मा परेको हो।साबिकको बिजेता समेत रहेको नेपालको समूहमा प्यालेस्टाइन र ताजिकिस्तान रहेका छन्।समूह बी मा आयोजक बंगलादेश लाओस र फिलिपिन्स छन्।
बंगबन्धु गोल्डकप अक्टोबर १ देखि १२ सम्म बङ्गलादेशको ढाकामा आयोजना हुनेछ।दुई वर्षअघिको संस्करणमा नेपालले उपाधि जितेको थियो।नेपालले फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।फाइनलमा विमल घर्तीमगर,नवयुग श्रेष्ठ र बिशाल राईले गोल गरेका थिए। 

प्रतिकृया दिनुहोस

आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं, बिहीबार – साफ यु–१५ च्याम्पियनसिप आज बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत

विराटले तोडे सचिनको १७ वर्ष पुरानो कीर्तिमान

१७ वर्षदेखि सचिन तेन्दुलकर नाममा रहँदै आएको कीर्तिमान भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले तोडेका छन्। कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी

क्रिष्टियानो रोनाल्डोको नाममा अर्को रेकर्ड

पाँच पटकका फिफा वर्ष खेलाडी पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको शीर्ष ५ लिगमा ४०० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन्। इटालियन