बेगनास तालमा बेपत्ता ६ जनाकै शव भेटियो

पोखरा — बेगनास तालमा शनिबार डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव आइतबार दिउँसो फेला परेको छ । घटनास्थलनजिकै उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ । 

आफन्तकोमा तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाने क्रममा १० जना सवार डुंगा डुबेको थियो। डुंगा डुबेपछि शनिबारै उपचारका क्रममा दुईको मृत्यु भएको थियो।

डुंगा डुब्दा नवलपुर गैडाकोटका ३२ वर्षीय रवि खनाल, उनका ८ र ७ वर्षका छोराहरु शंकर र शिव, तनहुँको भीमाद–४ का ४ वर्षीय रन्जित गैरे, पोखरा– ३१ बेगनासका ५ वर्षका प्राचीन पौडेल र पोखरा नयाँ बसपार्ककी १८ वर्षीया मनिसा बजगाई बेपत्ता थिए। अाइतबार दिउँसाे उनीहरुकाे शव फेला परेकाे हाे।

भीमादकी २८ वर्षीया जमुना गैरे र पोखरा नयाँ बसपार्ककी ५० वर्षकी कृष्णकुमारी बजगाईको उपचारका क्रममा शनिबार नै अस्पतालमा मृत्यु भएको थियो।

कान्तिपुर पब्लिकेसन्सको पोखरा कार्यालयकाे वितरण शाखामा कार्यरत कमलराज कँडेलले शनिबार बिदाको दिन पारेर घरमा दर खाने कार्यक्रम राखेका थिए। कार्यक्रममा सहभागी हुन आफन्तजन भेला भएका थिए। डुंगा डुबेको घटना देखेपछि बेहोस भएका कमलराजको चरक मेमोरियल अस्पतालमा आइसियुमा उपचार भइरहेको छ।

कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार स्थानीय जलारी समुदाय, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सर्वसाधारण र बेपत्ताका आफन्तजनले खोजी गर्ने क्रममा उनीहरुको शव भेटिएको हो। ‘जलारीहरुको भूमिका उल्लेख्य रह्यो,’ उनले भने, ‘सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षेत्रीय अस्पतालमा पुर्‍याइएको छ।’

प्रकाशित : भाद्र २४, २०७५ १४:३०

प्रतिकृया दिनुहोस

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयाे

काठमाडौँ — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट

नारायणगढको न्यू गणेश सुनचाँदी पसलबाट दुई केजी अबैध सुन बरामद

चितवन- प्रहरीले चितवनको नारायणगढबाट दुई केजी सुन र चार केजी चाँदी सहित एक जनालाई पक्राउ गरेको छ। तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय

बलात्कारीलाई ७ वर्ष कैद सजाय

उदयपुर – १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने यहाँका एक बृद्धलाई ७ वर्षको जेल सजाय भएको छ। उदयपुरको बेलका नगरपालिका–३ की बालिका बलात्कार आरोपमा