हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयाे

काठमाडौँ — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको थियाे । 

नुवाकाेटबाटहेलिकप्टरमापोष्टमार्टमका लागि शव काठमाडौं ल्याइएकाे हाे। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ।

गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटना भएको थियाे।

 

हेलिकप्टरमा सवार ७ जना मध्ये ६ काे मृत्यु भएको छ। एक जना महिलाकाे जिवितै उद्धार गरिएकोथियाे। उनकाे राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ।

प्रतिकृया दिनुहोस

साउन महिनायता चितवनमा ७ गैँडाको मृत्यु

चितवन : प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्जमा साउन महिनायता सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार

साझाद्वारा आज बिजुली बसको परीक्षण

काठमाडौँ : साझा यातायातले मंगलबार विद्युतीय बसको परीक्षण गरेको छ । प्रधानमन्त्री केपी ओलीले साझाले ल्याएको विद्युतीय बसको मंगलबार बिहान उद्घाटन

नवरात्रको छैठौं दिन : हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनीको पूजा

आज नवरात्रको छैठौं दिन हो । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ । हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं