बङ्गबन्धुमा नेपाल सहभागी हुने, पहिलाे खेल ताजकिस्तानसँग

काठमाडौं - असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजकिस्तानसँग खेल्ने भएको छ। सार्वजनिक खेल तालिका अनुसार समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल असोज १६ गते ताजकिस्तान र दोस्रो खेल असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ। समूह ‘ए’ मा नेपाल सहित प्यालेस्टाइन र ताजकिस्तान छन्। समूह ‘बी’ मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन्। नेपाली खेलकुद टोली असोज १५ गते बङ्गलादेश प्रस्थान गर्नेछ।

अघिल्लो संस्करणको विजेता नेपाल आइतबारसम्म प्रतियोगिता खेल्ने नखेल्ने दोधारमा थियो। आइतबार अघिल्लो संस्करणमा विजेता वापतको पुरस्कार २५ हजार अमेरिकी डलर नेपालले पाएसँगै प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ। एन्फाले पछिल्लो संस्करणको विजेता बापतको पैसा नपाए प्रतियोगिता नखेल्ने बङ्गलादेश फुटबल महासङ्घलाई जानकारी गराएपछि आइतबार बङ्गलादेश फुटबल सङ्घले नेपाललाई दिनुपर्ने २५ हजार डलर उपलब्ध गराएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।

यसैबीच पाँच वर्षको अन्तरालमा हुन लागेको ए डिभिजन लिग भने बङ्गबन्धुको सहभागितासँगै केही समयका लागि स्थगित हुने सम्भावना देखिएको छ । ए डिभिजन लिग असोज १३ गतेदेखि शुरु हुँदैछ भने बङ्गबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १५ देखि २६ गतेसम्म सहभागिता जनाउनेछ । रासस

प्रतिकृया दिनुहोस

नेपाल आइसिसी विश्व टी–२० एसिया छनोट ‘बी’ को विजेता

नेपाल आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को च्याम्पियन बन्न सफल भएको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत नेपाल र सिंगापुरको खेल

एमबाप्पेको ह्याट्रिकसँगै ल्योनको पोष्टमा ५ गोल

एजेन्सी । फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ल्योनविरुद्ध ५ गोल गरेको छ

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित

काठमाडौं– बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएको छ।  बिकेएसपी फोर मैदानमा टस जितेर पहिला