एमबाप्पेको ह्याट्रिकसँगै ल्योनको पोष्टमा ५ गोल

एजेन्सी । फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ल्योनविरुद्ध ५ गोल गरेको छ । आइतबार राति भएको खेलमा ल्योनविरुद्ध एमबाप्पेले ४ गोल गरे भने नेयमारले एक गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा पीएसजीको अग्रताका लागि स्टार खेलाडी नेयमारले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसछि खेलको ३२ औं मिनेटमा पीएसजीका प्रेसेनेल किमबेम्बेले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको पीएसजीले पहिलो हाफमा १—० गोलको अग्रता राखेको थियो । पहिलो हाफमा थप गरिएको समयमा ल्योनका लुकाज टुस्टाटले पनि रातो कार्ड पाएपछि ल्यानेपनि १० खेलाडीमा सीमित भएको थियो ।
दोस्रो हाफमा पीएसजीका लागि एमबाप्पेले गोलको वर्षा नै लगाए । उनले १३ मिनेटको समयमा ४ ल्योन विरुद्ध ४ गोल गरे । एमबाप्पेले खेलको ६१, ६६, ६९ र ७४ औं मिनेटमा उत्कृष्ट गोल ह्याट्रिक पुुरा गर्दै टिमलाई ५ गोल अन्तरको फराकिलो नतिजा दिलाएका थिए । जितसँगै पीएसजीले ९ खेलमा २७ अंक सहित लिग वानको शीर्ष स्थानमा रहेको छ भने पराजित भएको ल्योन १४ अंक सहित छैठौं स्थानमा रहेको छ । 

प्रतिकृया दिनुहोस

नेपाल आइसिसी विश्व टी–२० एसिया छनोट ‘बी’ को विजेता

नेपाल आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को च्याम्पियन बन्न सफल भएको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत नेपाल र सिंगापुरको खेल

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित

काठमाडौं– बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएको छ।  बिकेएसपी फोर मैदानमा टस जितेर पहिला

ला लिगाः सेभियासँग रियल मड्रिडको अप्रत्यासित हार

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले अप्रत्यासित हार ब्यहोरेको छ।  प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियललाई सेभियाले