नेपाल आइसिसी विश्व टी–२० एसिया छनोट ‘बी’ को विजेता

नेपाल आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को च्याम्पियन बन्न सफल भएको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत नेपाल र सिंगापुरको खेल वर्षाले प्रभावित भएपछि नेपाल रनरेटका आधारमा च्याम्पियन बनेको हो।

सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको नेपालले पहिलो ओभरको तेस्रो बल गर्ने क्रममा भारी वर्षा भएपछि खेल रोकिएको थियो। नेपालले ३ बलमा पहिलो विकेट गुमाएको थियो। नेपालका लागि ओपनर अनिककुमार शाह ० रनमा पवेलियन फर्किए। शाह सिंगापुरका बलर सोएब रज्जाकको बलमा आउट भए। क्रिजमा विनोद भण्डारी र कप्तान पारस खड्का थिए। वर्षा हुन नरोकिएपछि नेपाललाई रनरेटका आधारमा च्याम्पियन घोषणा गरिएको हो। दुवै टोलीकाे समान ११–११ अंक भएपनि नेपालले रनरेटमा बाजी मारेकाे हाे। नेपाल र सिंगापुरले सबै खेलमा जित निकालेका थिए।

नेपाल सहित सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन्। युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्। अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ। प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यसअघि वायुमस ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा अलआउट हुँदै ८१ रन बनाएको थियो। सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रन बनाए। उनले ३२ बलमा ३ चौंका प्रहार गरे। उनी १०.२ ओभरमा बसन्त रेग्मीको बलमा आउट भए। त्यस्तै मनप्रित सिंह र सिद्धान्तले समान १०–१० र कप्तान चेतन सुर्यवंशीले ९ रन बनाएपनि अन्यको प्रदर्शन सम्झनलायक रहेन।

सिंगापुरलाई सस्तैमा समेटन नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए। उनले ३.३ ओभर बलिङ गर्दै १६ रन खर्चिए। त्यस्तै सोमपाल कामी र करण केसीले २–२ तथा ललितनारायण राजवंशी र बसन्त रेग्मीले १–१ विकेट लिए।

प्रतियोगितामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक २४ विकेट लिए। उनले २४ विकेट लिदै राष्ट्रिय कीर्तिमान पनि बनाएका छन्। एउटै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा यसअघि विनोद दास र बसन्त रेग्मी थिए। दुवैले समान २१–२१ विकेट लिएका थिए।

प्रतिकृया दिनुहोस

जर्मनीको जितमा सानेको गोल

एजेन्सी । लोरी सानेको गोलमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल अन्तर्गत बिहीबार राति रुसलाई ३–० ले पराजित गरेको छ ।  जर्मनीका प्रशिक्षक

आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं, बिहीबार – साफ यु–१५ च्याम्पियनसिप आज बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत

विराटले तोडे सचिनको १७ वर्ष पुरानो कीर्तिमान

१७ वर्षदेखि सचिन तेन्दुलकर नाममा रहँदै आएको कीर्तिमान भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले तोडेका छन्। कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी