साझाद्वारा आज बिजुली बसको परीक्षण

काठमाडौँ : साझा यातायातले मंगलबार विद्युतीय बसको परीक्षण गरेको छ । प्रधानमन्त्री केपी ओलीले साझाले ल्याएको विद्युतीय बसको मंगलबार बिहान उद्घाटन गरे र
उक्त बसमा चढेर ओली पुल्चोकस्थित साझा यातायातको कार्यालयबाट सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयसम्म पुगेका थिए । 
साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितका अनुसार बसहरु लुम्बिनी क्षेत्रमा सञ्चालन गरिने भएपनि भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नबनेसम्म राजधानीकै खाल्डखुल्डीरहित सडकमा सञ्चालन गरिने छ । 
बसको सीट क्षमता १९ रहेको छ भने उभिएर समेत यात्रा गर्दा ३५ जना बसमा अट्ने बताइएको छ । 
चिनियाँ कम्पनीबाट प्रतिगोटा २ करोड रुपैयाँमा खरिद गरेको मध्ये २ वटा बस काठमाडौं आइसकेको छ भने अन्य तीन वटा आउने क्रममा रहेको पनि जनाएको छ । 

प्रतिकृया दिनुहोस

भक्तपुरमा चोरी बढेको बढ्यै : प्रहरी माथि प्रश्न खडा

भक्तपुर । भक्तपुरमा पछिल्लो समय चोरीको घटना बृद्धि भएसँगै सामाजिक सुरक्षामा प्रश्न उठ्न थालेको छ । चोरी नियन्त्रणका लागि भक्तपुर प्रहरीले बिभिन्न

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको शुक्रबार दिउँसो २ बजेर ३० मिनेटमा निधन भएको छ । उनको आजै ४ बजेर ३० मिनेटमा पशुपति आर्यघाटमा अन्त्यष्टि

तान्त्रिकको भेषमा विदेशी जोडी, हिरासतमै सुत्केरी

पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने तीन विदेशीलाई गृह मन्त्रालयले कारबाही सुरु गरेको छ । जापानी यासुको ओबा र मारी इकुरा तथा