विराटले तोडे सचिनको १७ वर्ष पुरानो कीर्तिमान

१७ वर्षदेखि सचिन तेन्दुलकर नाममा रहँदै आएको कीर्तिमान भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले तोडेका छन्।

कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी दोस्रो वान डेबाट १० हजार रन पुरा गरेसँगै तेन्दुलकरको नाममा रहेको वान डे क्रिकेटमा सबैभन्दा चाँडो १० हजार रन बनाउने पहिलो व्याट्सम्यान बनेका हुन्

 

दोस्रो वान डे खेलमा वेस्ट इन्डिजबिरुद्ध नटआउट १५७ रन बनाएका उनी कीर्तिमानबाट ८१ रन टाढा थिए। कोहलीले ३६.३ ओभरमा नर्सको बलमा १ रन लिँदै ८१ रन पुरा गरेपछि यो सफलता हात पारेका हुन्।

कोहली १० हजार रन पुरा गर्ने भारतीय पाँचौ ब्याटम्यानसमेत बनेका छन्। साथै १० हजार रन पुरा गर्ने विश्वका १३ औं ब्याटम्यान भएका कोहली सर्वाधिक छिटो पुरा गर्ने पहिलो ब्याटम्यान बने।

छोटो समयमा यो उपलब्धि हासिल गर्ने कीर्तिमान यसअघि विगत १७ वर्षदेखि सचिनकै नाममा थियो।

प्रतिकृया दिनुहोस

महिला टि–२० क्रिकेट : थाइल्याण्डलाई पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौं – थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

जर्मनीको जितमा सानेको गोल

एजेन्सी । लोरी सानेको गोलमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल अन्तर्गत बिहीबार राति रुसलाई ३–० ले पराजित गरेको छ ।  जर्मनीका प्रशिक्षक

आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं, बिहीबार – साफ यु–१५ च्याम्पियनसिप आज बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत