छोराले गिफ्ट दिएको मोबाइलमार्फत लभ परेर आमा पोइल गएपछि.

समय समयमा मानिसहरु आफू सूचना प्रविधि भन्दा एक कदम अघि छौँ भनी जनाउछन ।

भारतमा हालै भएको एउटा घटनाले यसलाई पुष्टि गरिदिएको छ ।

त्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग प्रेम गरी तिनै युवक प्रेमीसँगै भागेकी छिन् ।

ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त बिहेपनि भैसकेको छ ।

तिनै छोराले ६ महिनाअघि आमालाई मोबाइल गिफ्ट दिएका रहेछन् । छोराले स्मार्टफोन दिएपछि ती महिलाले ह्वाट्सएप तथा फेसबुक चलाउन थालिन् । तिन महिनाभित्रैमा ती महिला फेसबुकमा एकजना युवकसँग चिनापर्ची गरिन् र अन्ततः उनीहरुबीच प्रेम भयो । ५० वर्षकी ती महिला र २० वर्षका युवकबीच यति गहिरो प्रेम बस्यो कि उनीहरु अन्ततः कसैलाई थाहा नदिई सँगै भागेका छन् ।

गत सोमबार मोबाइल घरमै छाडेर निस्किएकी श्रीमती घर नफर्केपछि उनका पति तथा परिवारले प्रहरीमा खोजीको निवेदन दिए । पछि ती महिलाको मोबाइल हेर्दा पो सबै अचम्ममा परे । मोबाइलमा उनको फेसबुक तथा ह्वाट्सएप हेर्दा उनले २० वर्षका युवकसँग प्रेम गरेर भागेको थाहा भयो । ५० वर्षकी ती महिलासँग प्रेम गर्ने युवक बीबीएमा अध्ययनरत भएको बताइएको छ ।

ती युवक र महिलाको खोजी भैरहेको छ ।

 

प्रतिकृया दिनुहोस

किन अशुभ मानिन्छ १३ नम्बर, यस्ता छन् अनौठा तथ्यहरु

दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन ? १३ नम्बरको रहस्य के छ ? मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउनुको कारण के छ ? अझ पश्चिमी देशहरुमा १३ अंक

जापानमा किन हुन्छ निलो ट्राफिक लाइट ?

ट्राफिक लाइट भन्ने बित्तिकै रातो, हरियो र पहेँलो गरी तिनवटा बत्ती बुझिन्छ । हामीले देख्दै आएको पनि यहीँ हो हाम्रो देशमा । तर एउटा यस्तो देश छ, जहाँ

ट्यूसन पढाएरै खर्बपति बने यी शिक्षक

हालैका दिनहरुमा चीनका एकजना शिक्षक चर्चामा छन् । मानिसहरु उनको कमाईका बारेमा सुनेर अचम्ममा पर्दछन् । नपरुन् पनि किन ? उनी ट्युसन पढाएरै खर्बपति बनेका