जर्मनीको जितमा सानेको गोल

एजेन्सी । लोरी सानेको गोलमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल अन्तर्गत बिहीबार राति रुसलाई ३–० ले पराजित गरेको छ ।  जर्मनीका प्रशिक्षक जोचिम लोउले सानेलाई विश्वकप टोलीमा समावेश गरेका थिएनन् । तर उनै सानेको उत्कृष्ट प्रदर्शनमा जर्मनीले खराब नतिजाको शृंखलालाई रोक्न सफल भएको छ । सानेको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

पहिलो रोजाईको खेलाडीलाई आराम दिएको जर्मनीका लागि सानेले आठौं मिनेटमा टोलीलाई अग्रता दिए । २५औं मिनेटमा निक्लास सुलले अग्रता दोब्बर बनाए । ४०औं मिनेटमा सर्ज ग्नाब्रीले गोल गर्दै ३–० को अग्रता दिए ।
“पहिलो हाफमा हामीले राम्रो खेल्यौं । खेल नियन्त्रणमा राख्न सफल भयौं,” जर्मनीका प्रशिक्षक लोउले भने, “हामीले त्यसबीचमा दुई सुन्दर गोल गर्न सफल भयौं । दोस्रो हाफमा गोलका अवसर सिर्जना गरे पनि त्यही लय कायम राख्न सकेनौं । खेलमा यस्तो समान्य हो ।”

२०१९ मा जर्मनीले खेलेका १२ खेलमा यो चौथो जित हो । विश्वकपमा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको जर्मनीलाई यस जितले केहि राहत पुगेको छ । जर्मनीले अब यूईएफए नेसन्स लिगअन्तर्गत खेलमा सोमबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । रुसले स्विडेनविरुद्ध खेल्नेछ । रुसका प्रशिक्षक स्टेनस्लभ चेर्चेसोभले जर्मनीको पहिलो हाफमा गरेको प्रदर्शनबाट आफु आश्यर्चमा परेको बताए । उनले थपे, “दोस्रो हाफमा हामीले सुधार ग¥यौं । पहिलो हाफमा हामी सम्हालिन पाएनौं । उनीहरुले हामीभन्दा धेरै आक्रमक खेले ।”

अर्को मैत्रिपूर्ण खेलमा चेक गणतन्त्रले पोल्यान्डलाई १–० ले हरायो । चेकका लागि जाकुब जानटोले गोल गरे । इजरायलले ग्वाटेमालमाथि ७–० को फराकिलो जित निकाल्दा इरानले ट्रिनिडाड एन्ड टोबागोलाई १–० ले हरायो । एन्टोनियो भ्यालेन्सिया र इनर भ्यालेन्सियाको गोलमा इक्वेडरले पेरुलाई २–० लाई २–० ले हरायो ।

प्रतिकृया दिनुहोस

आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं, बिहीबार – साफ यु–१५ च्याम्पियनसिप आज बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत

विराटले तोडे सचिनको १७ वर्ष पुरानो कीर्तिमान

१७ वर्षदेखि सचिन तेन्दुलकर नाममा रहँदै आएको कीर्तिमान भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले तोडेका छन्। कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी

क्रिष्टियानो रोनाल्डोको नाममा अर्को रेकर्ड

पाँच पटकका फिफा वर्ष खेलाडी पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको शीर्ष ५ लिगमा ४०० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन्। इटालियन