२८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ

रसुवा– अबैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ त्रिशुली खोलाबाट २८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट गुजरा नगरपालिका–९ सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकासप्रसाद चौधरी छन्।

काठमाडौँबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियोमा नियमित चेकजाँचको क्रममा उनीहरूलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। पक्राउ परेका दुबै जनालाई राजश्व अनुसन्धानमा बुझाइने प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए । श्रीराम चौधरीको साथबाट २६ हजार ८ सय र विकासको साथबाट १ हजार ८ सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूले रसुवामा बसाइसराई गरेर चाइना पास समेत बनाएका छन् । उनीहरूलाई शनिबार विहान पौने ९ मा  पक्राउ गरिएको हो । 

प्रतिकृया दिनुहोस

एनसेल बिक्रीमा सिनर्जीको कर छली मुद्दा : १५ महिनापछि फाइल मगाइयो

काठमाडौँ — एनसेलको १० औं पल्टको बिक्री कर छली मुद्दामा १५ महिनापछि सर्वोच्च अदालतले विस्तृत अध्ययन गर्न फाइल मगाउने आदेश दिएको छ । सर्वोच्चले कर

सुनको मूल्य ६० हजार नाघ्यो

काठमाडौं - एक साताभन्दा लामो स्थिरतापछि सुनको भाउ ६० हजार रुपैयाँ नाघेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि हुँदा स्थानीय बजारमा ६

कोरियाले नेपाललाई दियो ५५ करोड अनुदान

काठमाडौं – कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई ५५ करोड अनुदान उपलब्ध गराउने भएको