भक्तपुरमा चोरी बढेको बढ्यै : प्रहरी माथि प्रश्न खडा

भक्तपुर । भक्तपुरमा पछिल्लो समय चोरीको घटना बृद्धि भएसँगै सामाजिक सुरक्षामा प्रश्न उठ्न थालेको छ । चोरी नियन्त्रणका लागि भक्तपुर प्रहरीले बिभिन्न योजनाहरु ल्याएता पनि चोरीको घटना घट्नुको साट्टो बढ्दो छ ।

साना चोरीका घटना बाहिर आउने नगरेता पनि हाल ठूला ठूला चोरी हुन थाले पछि भक्तपुरका स्थानीयहरुमा त्रास छाएको छ । भक्तपुरमा कसको घरमा कतिखेर चोरी हुने हो भन्ने त्रास बढिरहेका बेला सूर्यबिनायक नगरपालिका ४ दधिकोटका ४ घरमा चोरी भएको छ । हिजो अशोक खड्का लगायत अन्य ३ जनाको घरबाट सुनका बिभिन्न गरगहना र नगद २ लाख ५८ हजार ५ सय गरी करिब ५ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरी गर्नेहरुको खोजी कार्य जारी रहेको र चोरी भएका घरमा थप अनुसन्धान भइरहेको जनाएको छ । केहि हप्ता अघि मात्र भक्तपुर नगरापालिकाका उप प्रमुख रजनी जोशीको सिपाडोल स्थित निवासबा झन्डै १६ लाख बराबरको धनमाल चोरी भएको थियो । त्यस्तै भक्तपुर नगर बिभिन्न स्थानमा समेत साना चोरी मौलाएको स्थानीयहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको शुक्रबार दिउँसो २ बजेर ३० मिनेटमा निधन भएको छ । उनको आजै ४ बजेर ३० मिनेटमा पशुपति आर्यघाटमा अन्त्यष्टि

तान्त्रिकको भेषमा विदेशी जोडी, हिरासतमै सुत्केरी

पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने तीन विदेशीलाई गृह मन्त्रालयले कारबाही सुरु गरेको छ । जापानी यासुको ओबा र मारी इकुरा तथा

साउन महिनायता चितवनमा ७ गैँडाको मृत्यु

चितवन : प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्जमा साउन महिनायता सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार