शृंखलाले जितिन् दुइटा अवार्ड

काठमाडौँ — मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार ‘ब्युटी विद पर्पस’ र ‘मल्टी मिडिया’ क्याटेगोरीमा उनले १ सय १७ सुन्दरीलाई पछि पारेकी हुन् ।

‘ब्युटी विद पर्पस’ का लागि हरेक प्रतिस्पर्धीले कुनै प्रभावकारी परियोजनामा काम गर्नुपर्ने हुन्छ । शृंखलाले गृहजिल्ला मकवानपुरमा रहेको चेपाङ बस्तीमा एउटा स्वास्थ्यचौकी र अन्य भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेकी थिइन् ।

उनको यही परियोजनाले उनलाई उक्त अवार्ड जिताएको हो । यसअघि सन् २०१३ मा नेपालकै ईशानी श्रेष्ठको ‘प्रोजेक्ट स्माइल’ ले ‘ब्युटी विद पर्पस’ जितेको थियो ।


मोब्स्टार नामक मोबाइल एप्लिकेसनमार्फत दिनहुँ लाखौँ भोट पाएका कारण ‘मल्टी मिडिया’ को अवार्ड पनि उनकै पोल्टामा परेको हो । उनलाई भोट गर्न अत्यधिक डाउनलोड गरिएको हँुदा यो एप्लिकेसन गत साता नेपालमा पहिलो नम्बरमा ट्रेन्डिङमा थियो ।

शृंखलाले अवार्ड जितेपछि सोमबार साँझ आफ्नो इन्स्टाग्राम स्टोरीमा आफू भावविह्वल भएको भिडियो पोस्ट गरेकी थिइन् । ‘रुँदारुँदा आँखा सुन्निन लागिसक्यो’ भन्दै उनले खुसी साटेकी थिइन् । ‘मल्टी मिडिया’ को अवार्ड हात पारेको सूचना पनि उनले यसै गरी दिएकी हुन् । यी अवार्ड जितेसँगै २३ वर्षे नेपाली सुन्दरी मिस वल्र्डको उत्कृष्ट ३० मा पर्न सफल भएकी छन् ।

प्रतिकृया दिनुहोस

‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

 बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग