मनाङ सेमिफाइनलमा

बिर्तामोड — डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब मंगलबार पोखरेली क्लब सहारालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापा गोल्डकप फुटबलको अन्तिम चारमा पुगेको छ । 

डोमालाल राजवंशी रंगशालामा भएको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, अञ्जन विष्ट र डोना थापाले गोल गरेका थिए । सहाराका विजय श्रेष्ठ, रन्दीप पौडेल र विश्व अधिकारीले गोल गर्दा कप्तान मानबहादुर तामाङ र भीषण गुरुङ गोल गर्न चुकेका थिए । कप्तानको प्रहार आकासिएर बाहिरिँदा भीषणको प्रहार गोलरक्षक दिनेश थापामगरले बचाएका थिए ।

 

राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि निकै संघर्ष गर्नुपरेको थियो । खेल अवधिभर मनाङ हाबी त भयो तर स्कोर गर्न चुक्यो । सहारासामु निकै फितलो प्रदर्शन गरेको मनाङले पटक–पटक मौका गुमाउँदा टाइब्रेकरसम्म पुग्नुपरेको हो । मनाङका विदेशी खेलाडी भिक्टोरले २२ औं मिनेटमा पेनाल्टी बक्सभित्र पाएको बल प्रहार गरे तर गोल गर्न चुकेका थिए । ३४ औं मिनेटमा मनाङका विशाल राईले पाएको फ्रि–किक अवसरपोस्ट नजिकैबाट बाहिरिँदा मनाङकासमर्थक निराश बने ।

 

मनाङका अञ्जन विष्टले ४९ औं मिनेटमा पेनाल्टी एरिया नजिकैबाट गरेको कडा प्रहार सहाराका गोलकिपर बाबु मगरले पञ्च गरेर जोगाए । सहाराका डिफेन्डर बिट भइसकेको अवस्थामा मनाङका भिक्टोरले ५६ औं मिनेटमा गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । ८५ औं मिनेटमा अञ्जनले पाएको हेडर मौका पनि खेर गयो ।

 

सहाराले पहिलो र दोस्रो हाफमा केही अवसर पायो । तर, मनाङझै उसले पनि सदुपयोग गर्न सकेन । खेलको ३६ औं मिनेटमा सहाराका रिचार्ड पुनले गरेको प्रहार पोस्ट नाघेर बाहिरियो । ६१ औं मिनेटमा फुर्वा लामाको प्रहार त्यसरी बाहिर गयो । केही राम्रा अवसर गोलमा परिणत गर्न नसक्दा अन्तत: पराजित हुनुपर्‍यो ।

 

खेलका म्यान अफ द म्याच मनाङका अञ्जन विष्ट भए । उनलाई ओली एन्ड एसोसिएट्सले २५ हजार नगद पुरस्कारप्रदान गर्‍यो ।

 

सहाराका प्रशिक्षक किरण श्रेष्ठले मनाङलाई निर्धारित समयसम्म रोक्न सक्नु नै आफ्नो टोलीका लागि ठूलो उपलब्धि रहेको बताए । ‘निर्धारित समयमा रोकेकै हौं,’ श्रेष्ठले भने, ‘टाइब्रेकरमा हामीलाई भाग्यले साथ दिएन ।’

 

मनाङका प्रशिक्षक शैलेश कर्माचार्यले खेल अवधिभर धेरै मुभ बने पनि स्कोर गर्न चुकेको स्वीकारे । उनले हावा चलेका कारण बल नियन्त्रण गर्न मुस्किल परेको भन्दै त्यसलाई अर्को खेलमा सुधार्ने बताए । ‘आजकै जस्तो खेल्यौं भने हामीलाई आगामी यात्रा गाह्रो छ,’ उनले भने, ‘अब खेल सुधार्छौं ।’

 

बुधबार तेस्रो क्वाटरफाइनलमा आयोजक रमपम झापा ११ ले सिक्किम युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

विश्वकप २०१८ : अर्जेटिना र आइसल्याण्डको खेल सुरु

काठमाडौं । रुसमा जारी  विश्वकपमा अर्जेन्टिना र आइसल्याण्डको खेल सुरु भएको छ । अर्जेन्टिना र आइसल्याण्ड पहिलो पटक खेल्न लागेको हो ।सन् १९३० देखि नै

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

काठमाडौं - विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो

रोनाल्डोसहित पोर्चुगल टोली रुस पुग्यो

मस्को- विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन्। पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप