कमेडियन कपिल शर्मा नयाँ कार्यक्रम लिएर पुनः काँचको पर्दामा देखिने

मुम्बई । कमेडियन कपिल शर्मा नयाँ कार्यक्रम लिएर पुनः काँचको पर्दामा देखिने भएका छन् । ‘फेमेली टाइम वीथ कपिल शर्मा‘ नामक कार्यक्रममार्फत उनी पुनः टेलिभिजन प्रवेश गर्न लागेका हुन् ।कपिलको यो कार्यक्रम आउँदो २५ मार्चदेखि प्रशारण हुने भएको छ । कपिलको कार्यक्रमले ‘सुपर डान्सर-२’ लाई रिप्लेस गर्ने भएको छ ।सार्वजनिक प्रोमोमा कपिलले घरमा काम गर्नेसँग चिया, पत्रिका माग्छन् । जवाफ आउँछ- ‘पहिला अघिल्लो महिनाको हिसाब चुक्ता गर, अनि मात्रै कुरा गर ।’दुध र पत्रिकावालाले उधारो बन्द गरेको सन्देश दिन्छन् । त्यही बेला घरेलु कामदारले धम्कीको भाषामा भन्छिन्, ‘पुरानो पैसा नदिने हो भने भोलीदेखि काममा आउँदिन ।’कपिलको नयाँ शो घरेलु समस्यामा केन्द्रित देखिन्छ । फिरंगीको असफलतापछि कपिल विलकुल नयाँ कन्सेप्ट लिएर आएका छन् । हेर्न बाँकी छ उनको कन्सेप्ट दर्शकलाई मन पर्ने हो कि हैन ?

प्रतिकृया दिनुहोस

शृंखलाले जितिन् दुइटा अवार्ड

काठमाडौँ — मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार

‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक