व्याजदरबारे बैंकहरुबीच खिचातानी

काठमाडौँ — बैंकहरुबीच निक्षेपको व्याजदरको विषयमा खिचातानी सुरु भएको छ । नेपाल बैंकर्स संघले व्याजदर तोक्ने र केही बैंकले नमान्ने घोषणा गरेपछि खिचातानी सुरु भएको हो । वित्तीय प्रणालीमा तरलता अभावको समस्या बढ्दै गएपछि बैंकहरुबीच यस्तो समस्या देखिएको हो ।

संघले करिब एक महिनाअघि मुद्धती निक्षेपको व्याजदर ११ प्रतिशत र गतसाता साधारण बचतको ब्याजदर ८ प्रतिशत भित्र राख्नुपर्ने ‘भद्र सहमति’ बैंकहरुबीच गरेको थियो । तर, एनआइसी एसियाले बिहीबारदेखि लागू हुने गरी साधारण बचतको व्याजदर १० प्रतिशत र मुद्धती निक्षेपको व्याजदर १२ प्रतिशत पुर्‍याएको छ । यो विषयमा आपत्ति जनाउँदै संघको शुक्रबार बसेको बैठकले एनआइसी एसिया बैंकसँग कुनै पनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको छ । यी विवाद सार्वजनिक भएपछि बजारलाई स्वतन्त्र राख्न नदिई वित्तीय क्षेत्रमा ‘कार्टेलिङ’सुरु भएको टिप्पणी विज्ञहरुले गरेका छन् ।

 

‘सहमतिविपरीत ब्याजदर बढाउन थालेपछि संघले एनआईसी बैंकसँग अन्तरबैंकिङ कारोबार नगर्ने निर्णय गरेको हो,’ संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘सो बैंकको कार्यले समग्र बैंक तथा वित्तीय संस्थामा प्रणालीगत जोखिम ल्याउने सम्भावना देखिएकाले यस्तो निर्णय गरेका हौं ।’ संघले आफ्नो अधिकारभित्र रहेर निर्णय गरेको उनको दाबी छ । ‘आफ्नो सदस्य बैंकसँग अन्तरबैंकिङ कारोबार नगर्ने निर्णय संघले गर्न पाउँछ, त्यही गरेको हो,’उनले भने ।

 

एनआईसी एसिया बैंकले संघको निर्णयले कुनै असर नपर्ने जनाएको छ । संघले बैंकिङ प्रणालीमा ‘सिन्डकेट’ लागू गर्न खोजेको र आफूहरुलाई मान्य नभएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए । ‘बजार माग आपूर्तिका आधारमा ब्याजदर निर्धारण गर्ने अर्थशास्त्रको सामान्य सिद्धान्त हो,’ उनले भने, ‘हामीले पनि त्यही गरेका हौं, यो निर्णयले वित्तीय प्रणालीमा कुनै नराम्रो असर नपर्ने र बरु उपभोक्तालाई धेरै फाइदा हुन्छ ।’ ब्याजदरमा सीमा तोक्ने अधिकार संघलाई नभएको जनाउँदै उनले भने, ‘आज पनि हामी संघकै सदस्य छौं, यसको अर्थ संघका सबै प्रकारका निर्णय मान्नै पर्छ भन्ने हुँदैन ।’संघको निर्णयले सर्वसाधारण र समग्र वित्तीय क्षेत्रको हितविपरीत भएमा त्यो आफूहरुलाई मान्य नहुने उनले बताए ।

 

ब्याजदर नियन्त्रण गर्ने काम राष्ट्र बैंकको भएकाले संघले ब्याजदरको सीमा तोक्न नहुने विज्ञहरु बताउँछन् । ‘ब्याजदर तोक्ने अधिकार संघलाई कसले दियो, राष्ट्र बैंकको निर्देशित सीमाभित्र रहेर कुनै बैंकले ब्याजदर निर्धारण गर्छ भने संघलाई आपत्ति हुनु नपर्ने हो,’ एक विज्ञले भने ।

 

यसबारे राष्ट्रबैंकले अनविज्ञता प्रकट गरेको छ । संघको निर्णयबारे औपचारिक कुनै जानकारी नआएकाले अहिल्यै केही भन्न नसक्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । ‘बजारमा बैंकहरुबीच ब्याजदरको लडाइँ (इन्ट्रेस्ट वार) हुन नदिन बैंकर्स संघले ब्याजदरलाई निश्चित सीमाभित्र राख्न खोज्नुलाई अन्यथा मान्न हुँदैन,’ उनले भने,‘ तर, बैंकहरुले त्यही प्रवृति निरन्तर दोहोर्‍याउनु राम्रो होइन ।’यद्यपि वास्तविक अवस्था बुझेपछि मात्र राष्ट्र बैंकले आफ्नो धारणा बनाउने उनले बताए ।

 

तरलता अभाव लम्बिएपछि बैंकहरुले धमाधम ब्याजदर वृद्धि गरिरहेका छन् । ब्याजदर बढाउँदा पनि अपेक्षित रुपमा निक्षेप संकलन हुन नसकेपछि बैंकहरुबीच विभिन्न सेवा सुविधासहित बचतका नयाँ नयाँ ‘प्रडक्ट’सार्वजनिक गर्ने होडबाजी नै चलेको छ ।

 

वाणिज्य र्बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले भने उक्त सहमति पूर्णरुपमा पालना गर्न सदस्य बैंकहरुलाई कडाईका साथ निर्देशन पनि दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

१ डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा

काठमाडौ– निरन्तर बढ्दै गएको डलरको मुल्य शुक्रबार ११३ रुपैयाँ ४९ पैसा पुगेको छ। नेपाल राष्ट्रबैंक  विदेशी विनिमय विभागले तोकेको डलरको याे

एक डलर बराबर ११३ रुपैयाँ

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरप्रति आकर्षण बढेकाले यसको मूल्य फेरि बढेको छ। नेपाली बजारमा डलरको मूल्य एक सय १२ रुपैयाँ नाघेको छ।

१ रुपैयाँमा नै भीभो ब्राण्डका स्मार्टफोन किन्न पाईने, थप १ वर्षको वारेन्टी उपलब्ध

१ रूपैयाँमा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ