कतारमा दुई नेपाली कामदारलाई सवा चार लाख पुरस्कार

काठमाडौँ — कतारस्थित नासिर अल अली इन्टरप्राइजेजले आफ्नो कम्पनीमा १० वर्षसम्म काम गरेका नेपाली कामदार नन्दबहादुर विश्वकर्मा र नरबहादुर मगरलाई जनही १५ हजार रियाल (झन्डै चार लाख ३५ हजार रुपैयाँ) दिई पुरस्कृत गरेको छ ।

कम्पनीका मालिक नासिर अल अलीले लामो समयसम्म सेवा पुर्‍याएकाले पुरस्कृत गरिएको बताए । कम्पनीले हरेक वर्ष आफ्ना कामदारलाई पुरस्कृत गर्दै आएको छ । विश्वकर्मा सन् २००८ देखि कम्पनीमा मेसनमा काम गर्दै आएका थिए । ‘यो रकम म मेरा बच्चालाई उच्च शिक्षाको लागि खर्च गर्नेछु,’उनले भने ।

 

ओखलढुंगाका मगरले आफ्ना समस्यालाई नजिकबाट बुझ्ने कम्पनी पाएकामा खुसी व्यक्त गरे । ‘केही समस्या पर्नासाथ कार्यालयमा आउनु भन्छ,’ उनले भने, ‘मैले कतारमा आफ्नै अभिभावक पाएजस्तो लाग्छ ।’कतार आएर गुणस्तरीय जिन्दगी बिताउन पाएको उल्लेख गर्दै उनले कम्पनीबाट प्राप्त रकमले गाउँमा जग्गा किन्ने योजना रहेको बताए । उनी कम्पनीमा स्कापफोल्डिङको काम गर्छन् ।

प्रतिकृया दिनुहोस

जिम्बाब्वेका राष्ट्रपतिद्वारा सपथ

हरारे  (बिबिसी) – जिम्बाब्वेका नव निर्वाचित राष्ट्रपति एमर्सन म्नागाग्वाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन्। अमेरिकी निर्वाचन

मोदीलाई अंकमाल गरेपछि चर्चामा राहुल

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अंकमाल गरेपछि उनको भारतीय

डा. केसीको पक्षमा पश्चिम अष्ट्रेलियामा प्रदर्शन

अष्ट्रेलिया — चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसरनरत प्रा.डा. गोविन्द केसीको मागलाई तत्काल पुरा गर्न तथा सरकारबाट भइरहेको हस्तक्षेप