अर्बपतिको संख्या र सम्पत्ति बढेको बढ्यै

काठमाडौँ — विश्वमा अर्बपतिको संख्या र तिनीहरूको सम्पत्ति समेत बढेको छ । अमेरिकी अखबार ‘फोब्र्स’ ले गत मंगलबार सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको वार्षिक सूचीमा धनाढयहरू बढेको उल्लेख छ । अखबारका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष विश्वमा १६५ जना अर्बपति थपिएका छन् ।

गत वर्ष विश्वमा २ हजार ४३ जना अर्बपति रहेकामा सन् २०१८ मा यो संख्या २ हजार २ सय ८ पुगेको हो । अर्बपतिहरूको औसत सम्पत्ति ४ दशमलव १ अर्ब अमेरिकी डलर रहेको छ, जुन एउटा उच्च रेकर्ड हो । विश्वका अर्बपतिहरूको कुल सम्पत्ति ९ दशमलव १ ट्रिलियन (९१ खर्ब) अमेरिकी डलर रहेको छ । सन् २०१७ मा यो रकम ७ दशमलव ७ ट्रिलियन (७७ खर्ब) डलर रहेको थियो । ‘फोब्र्स’ का अनुसार अर्बपतिहरूको कुल सम्पत्ति यो वर्ष १४ खर्ब अमेरिकी डलरले बढेको हो । ‘विश्वमा महाधनाढयहरू बढेको बढयै छन् । यसले उनीहरू र अन्य सबैको बीचको खाडल फराकिलो बन्दै गएको छ,’ अखबारको विज्ञप्तिमा उल्लेख छ । सूचीको शीर्ष स्थानहरूमा कयौं सेल्फ–मेड उद्यमीहरू पनि समावेश भएका छन् ।

अमेजोनका संस्थापक जेफ बेजोस आफ्नो कुल सम्पत्ति ११२ अर्ब अमेरिकी डलरका साथ विश्वकै सर्वाधिक धनाढयमा दरिएका छन् । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई पछार्दै उनी सूचीको शीर्ष स्थानमा आफ्नो कब्जा जमाएका हुन् । बिल गेट्स आफ्नो कुल सम्पत्ति ९० अर्ब डलरका साथ दोस्रो सबैभन्दा ठूलो धनाढय बनेका हुन् । फेसबुक संस्थापक मार्क जुकरबर्ग विश्वको पाँचौं धनाढय हुन्, जसको कुल सम्पत्ति ७१ अर्ब डलर रहेको छ । अखबारका अनुसार विश्वका ६७ प्रतिशत (१४ सय ९० जना) अर्बपतिहरू सेल्फ–मेड (आफ्नै पौरख, श्रम र मिहिनेतबाट धनाढय बनेकाहरू) छन् । धनाढयहरू बर्सेनि थप धनी बन्दै जानुले धनी र गरिबबीचको आर्थिक असमानता एउटा समस्याका रूपमा देखापरेको छ । बिल र मेलिन्डा गेट्स, उदाहरणका लागि उनीहरूका नाममा सञ्चालित परोपकारी संस्थाको आफ्नो हालैको वार्षिक पत्रमा सम्पत्तिको असमानतालाई सम्बोधन गरेको छ । मेलिन्डाले भनिन्, ‘होइन, यो बिल्कुलै सत्य होइन कि अन्य अर्बपतिहरूको हाम्रोभन्दा कम सम्पत्ति छ । त्यस्तै यो पनि सत्य होइन कि हाम्रो सम्पत्तिले अन्यको ढोका बन्द गरेको छ ।’ अर्का अर्बपति एवं लगानीकर्ता वारेन बफेटले पनि सार्वजनिक रूपमा सम्पत्तिमा देखिएको असमनताको समस्यालाई सम्बोधन गर्ने प्रयास गर्दै आएका छन् । गत जुनमा पीबीएस न्युसोरसँग बफेटले भनेका थिए, ‘वास्तविक समस्याको चुरो भनेको विचार हो, त्यसैले यो धेरै समृद्ध मानिसका लागि यस प्रकारको समृद्धि अविश्वसनीयजस्तो लागेको मात्र हो ।’ उनले यो पनि भनेका थिए कि फोब्र्सका अनुसार सन् १९८२ मा सबैभन्दा धनाढय ४०० अमेरिकीहरूको सम्पत्ति ९३ अर्ब डलर रहेको थियो । ‘अखबारले उक्त समूहले सन् २०१७ मा २ दशमलव ४ ट्रिलियन (२४ खर्ब) डलर सम्पत्ति हासिल गर्न सफल भएको थियो,’ उनले भने, ‘यसलाई एउटा प्रगति र समृद्धि भन्न सकिन्छ, जसले शीर्षमा रहेका मानिसमा असमानुपातिक रूपबाट फाइदा पुर्‍याएको देखिन्छ । अर्थव्यवस्था राम्ररी अगाडि बढिरहेको अवस्था त छँदै छ तर सबै अमेरिकीहरू राम्रो गर्न सकेका छैनन् ।’ फोब्र्सले अर्बपतिहरूको सूची तयार पार्नका लागि ९ फेब्रुअरी २०१८ को सेयरको मूल्य र विनिमय दरको प्रयोग

गरेको छ ।

सन् २०१८ को अर्बपतिहरूको सूची हेर्दा अमेरिका पहिलो, चीन दोस्रो र भारत तेस्रो स्थानमा छन् । सूचीमा ५८५ अमेरिकी, ३७३ चिनियाँ र १२१ भारतीय अर्बपति रहेका छन् । यसैगरी विश्वका पाँच अर्बपतिमा अमेजनका संस्थापक जेफ बेजोस कुल सम्पत्ति ११२ अर्ब डलरका साथ पहिलो, माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स ९० अर्ब डलरका साथ दोस्रो, वर्कसायर हाथवेका अध्यक्ष वारेन बफेट ८४ अर्ब डलरका साथ तेस्रो, एलभीएमएचका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बर्नार्ड अर्नाल्ट ७२ अर्ब डलरका साथ चौथो र फेसबुकका सीईओ मार्क जुकरबर्ग ७१ अर्ब डलरका साथ पाँचौं स्थानमा रहेका छन् । अर्बपति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सूचीमा २२२ जनाभन्दा तल झरेका छन् । बेजोस पहिलोपटक सूचीको टपमा पुगेका छन् । उनले लगातार चार वर्षदेखि शीर्षस्थानमा रहेका बिल गेट्सलाई पछाडि पारेका छन् । बेजोसको कुल सम्पत्तिले पहिलोपटक सय अर्ब अमेरिकी डलरको आँकडा नाघेर रेकर्ड नै कायम गरेको छ । सूचीमा भारतीय अर्बपति मुकेश अम्बानीले एकै वर्षमा १३ जनालाई पछाडि पार्दै माथि उक्लँदै १९ औं स्थानमा छन् । उनको कुल सम्पत्ति ४० दशमलव १ अर्ब अमेरिकी डलर पुगेको छ । अन्य भारतीय धनाढयहरूमा अजिम प्रेमजीको कुल सम्पत्ति १८ दशमलव ८ अर्ब डलर (५८ औं स्थान), एलएन मित्तलको १८ दशमलव ५ अर्ब डलर (६२ औं स्थान), शिव नडारको १४ दशमलव ६ अर्ब डलर (९६ औं स्थान) र दिलीप सान्धवीको १२ दशमलव ८ अर्ब डलर (११५ औं स्थान) रहेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार ‘फोब्र्स’ को सूचीमा यो वर्ष ७ जना महिला अर्बपतिसमेत परेका छन् । भारतमा फर्मा क्षेत्रबाट सबैभन्दा बढी अर्बपतिहरू सूचीमा परेको ‘टाइम्स अफ इन्डिया’ ले जनाएको छ । अखबारका अनुसार भारतमा यो क्षेत्रबाट १६ जना, कन्ज्युमर गुड्स क्षेत्रबाट १५, रियल एस्टेटबाट ९ र सफ्टवेयर सेवाबाट ८ जना अर्बपति यो वर्षको सूचीमा परेका छन् ।

स्रोत : एजेन्सी

प्रतिकृया दिनुहोस

१ डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा

काठमाडौ– निरन्तर बढ्दै गएको डलरको मुल्य शुक्रबार ११३ रुपैयाँ ४९ पैसा पुगेको छ। नेपाल राष्ट्रबैंक  विदेशी विनिमय विभागले तोकेको डलरको याे

एक डलर बराबर ११३ रुपैयाँ

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरप्रति आकर्षण बढेकाले यसको मूल्य फेरि बढेको छ। नेपाली बजारमा डलरको मूल्य एक सय १२ रुपैयाँ नाघेको छ।

१ रुपैयाँमा नै भीभो ब्राण्डका स्मार्टफोन किन्न पाईने, थप १ वर्षको वारेन्टी उपलब्ध

१ रूपैयाँमा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ