अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन सुरु

 

फाल्गुन २६, २०७४ -अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन काठमाण्डौमा आज सुरु हुँदैछ । नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा मासु र पशुजन्य उत्पादनको असरबारे जागरण फैल्याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको संघका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिनुभयो ।
म्मेलनको उद्घाटन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गर्नुहुने कार्यक्रम छ ।  नेपालमै पहिलोपटक गर्न लागिएको सम्मेलनमा शान्ति, अहिंसा, करुणा, मानव स्वास्थ्य र पशुपालनले पार्ने प्रभावका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।  सम्मेलनमा अमेरिका, इजिप्ट, थाइल्याण्ड, मलेसिया, चीन, इण्डोनेसिया, भारतलगायत ३० भन्दा बढी राष्ट्रका प्रतिनिधी सहभागी हुने आयोजकले जनाएको छ । नेपालका ४ सय  बढी प्रतिनिधि कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा शाकाहारी जीवनशैलीलाई वैज्ञानिक तवरले बहस र व्याख्या गरिने संघका महासचिव सुरेश शर्माले बताउनुभयो । सम्मेलन भोलिसम्म चल्नेछ ।   

प्रतिकृया दिनुहोस

आज र भोलि भारी वर्षा हुनसक्ने

काठमाडौं, १८ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले देशका अधिकांश भेगमा

साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधन चलाउन नपाइने

काठमाडौं – सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ

बझाङमा यार्सा उत्पादन बर्सेनि घट्दै

बझाङ, जेठ १० । ‘जीवनबुटी’को नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रशस्त पाइने भनेर चिनिएको जिल्ला बझाङमा बर्से्नि यसको उत्पादन घट्दै