महरा सभामुख निर्वाचित, कांग्रेसको पनि समर्थन

 

काठमाडौँ — माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख निर्वाचित भएका छन् ।सभामुखमा एक्लो उम्मेदवारी परेपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले एकल उम्मेदवारी परेका महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे।

एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा महरा सभामुख निर्वाचित भएका हुन्। सभामुखमा प्रमुख विपक्षी कांग्रेसले पनि महरालाई समर्थन गरेको छ। सभामुखमा उम्मेदवारी नदिएको कांग्रेस नेता मिनेन्द्र रिजालले महरालाई ‘भद्र र शालिन’ नेताको संज्ञा दिंदै उनको नेतृत्वमा रहने संसदले निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
नेम्वाङले मन्त्रिपरिषदलाई संसदमातर्फत जनताप्रति उत्तरदायी बनाउन महराले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। ‘विगतमा के भए त्यतातिर नजाऊँ,’ उनले भने, ‘हाम्रो मन्त्रिपरिषद् व्यक्तिगत र सामूहिकरुपमा प्रतिनिधिसभामार्फत जनताप्रति उत्तरदायी हुन्छ, संसदले उत्तरदायी बनाउँछ।’

नेम्वाङले संविधान निर्माणपछि धेरै कानुनहरु निर्माण नभई थन्किएको अवस्थामा त्यसलाई गति दिन संसदको नेतृत्वले तदारुकता देखाउनुपर्ने बताए। ‘धेरै कानुनहरु निर्माण गर्नुपर्नेछ, जति हुनुथ्र्यो भएको छैन, निश्चित अवधि कट्ने अवस्था छ,’ उनले सुझाव दिए, ‘समयभित्र निश्चित कानुन निर्माण गर्न नयाँ सभामुखको भूमिका हुनुपर्छ।’
प्रस्तावका समर्थक माओवादी केन्द्रका नेता गुरुङले विपक्षी दल कांग्रेसले पनि सभामुखमा उम्मेदवारी नदिएर सहमतीय संस्कार देखाएको भन्दै महराले सबै दललाई समेटेर लैजाने विश्वास व्यक्त गरे। ‘सदनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न महराले नेतृत्व गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौं,’ उनले भने, ‘राष्ट्रिय राजनीतिका मुद्दा र मुख्य विधेयकमा प्रमुख दलबीच सहमति हुन आवश्यक छ।’

महरा गएको प्रतिनिधिसभा निर्वाचनमा दाङ– २ बाट निर्वाचित भएका थिए।

सभामुख निर्वाचित महरालाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद भवनमै बधाई दिएका छन्।

प्रतिकृया दिनुहोस

संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्छ: प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन्।गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस

रक्सौल—काठमाडौँ रेलमार्गका लागि समझदारी

काठमाडौँ,हुप्रतीक्षित रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको छ । दुई मुलुकबीच प्रस्तावित उक्त

सन् २०३० सम्म गरिबी हटाउने प्रतिबद्धता

काठमाडौं - सन् २०३० भित्र सदस्य राष्ट्रहरूबाट गरिबी निवारण गर्नेलगायताक प्रतिबद्धतासहित प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका