विश्वकप छनोटः नेपालले अफगानिस्तानलाई दियो १९५ रनको लक्ष्य

२६ फागुन, काठमाडौं । विश्वकप छनोटमा नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ ।टस जितेर ब्याटिङ थालेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १९४ रन बनायो ।नेपालले मात्र १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । तर, कप्तान पारस खड्काले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे ।२६ औं ओभरको अन्तिम बलमा रसिद खानले ज्ञानेन्द्रलाई एलबीडब्लू धरापमा पारे ।

त्यसपछि अफगान बलर हावी भए । थप ६ रन जोड्दा कप्तान पारस खड्का आउट भए । आक्रामक पारी खेलेका उनी ७५ रनमा पभेलियन फर्किएका हुन् ।त्यसपछि नेपालले ठूलो पारी खेल्न सकेनन् । दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले प्रयास गरेका थिए तर, सकेनन् । ऐरी ३२ र शेख २३ रनमा आउट भए ।उपकप्तान ज्ञानेन्द्रले २३ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।अफगानिस्तानका नाबीले ४ विकेट लिए भने रसिद खानले ३ विकेट आफ्नो नाममा लेखाए ।

प्रतिकृया दिनुहोस

विश्वकप २०१८ : अर्जेटिना र आइसल्याण्डको खेल सुरु

काठमाडौं । रुसमा जारी  विश्वकपमा अर्जेन्टिना र आइसल्याण्डको खेल सुरु भएको छ । अर्जेन्टिना र आइसल्याण्ड पहिलो पटक खेल्न लागेको हो ।सन् १९३० देखि नै

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

काठमाडौं - विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो

रोनाल्डोसहित पोर्चुगल टोली रुस पुग्यो

मस्को- विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन्। पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप