नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित

२६ फागुन, काठमाडौं । पारस खड्काको कप्तानीका पारीका बाबजुद विश्वकप छनोटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले मात्र ३८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।उसको सुरुवात औषत रहृयो । रसिद खान र जाभेद अहमदीले पहिलो विकेटका लागि २८ रनको साझेदारी गरे । खानलाई छैटौं ओभरको दोस्रो बलमा करण केसीले आउट गरे ।

तर, नयाँ ब्याट्सम्यान राहमत साहले दोस्रो विकेटका लागि अहमदीसँग ६५ रनको सझेदारी गरे । अहमदी २६ रनमा आउट भए । थप १८ रन जोड्दा साह ४६ रन बनाएर पभेलियन फर्किए ।मोहम्मद नाबी र नजिबुल्लाह जादरानले अफगानिस्ताको पारी सम्हाले । दुबैले ३९ रनको महत्वपूर्ण पार्टरसिप गरे । नाबीलाई दिपेन्द्र सिंह ऐरीले ३४ रनमा आउट गरे तर, त्यसबेलासम्म खेल अफगानिस्तानको पक्षमा गइसकेको थियो ।नाबी आउट भएपछि जादरानले आक्रामक पारी खेल्दै अर्धशतक पुरा गर्दै टिमलाई जित दिलाए ।  उनी ५२ रनमा अविजित रहे भने नेसवारी ८ रनमा नटआउट रहे ।नेपालका दिपेन्द्रले २ विकेट लिँदा करण केसी र सन्दिप लामिछानेले १-१ विकेट लिएका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मात्र १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । उनी दिलिप नाथको ठाउँमा आएका थिए ।तर, कप्तान पारसले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे ।२६ औं ओभरको अन्तिम बलमा रसिद खानले ज्ञानेन्द्रलाई एलबीडब्लू धरापमा पारे ।

त्यसपछि अफगान बलर हावी भए । थप ६ रन जोड्दा कप्तान पारस खड्का आउट भए । आक्रामक पारी खेलेका उनी ७५ रनमा पभेलियन फर्किएका हुन् ।त्यसपछि नेपालले ठूलो पारी खेल्न सकेनन् । दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले प्रयास गरेका थिए तर, सकेनन् । ऐरी ३२ र शेख २३ रनमा आउट भए ।उपकप्तान ज्ञानेन्द्रले २३ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।अफगानिस्तानका नाबीले ४ विकेट लिए भने रसिद खानले ३ विकेट आफ्नो नाममा लेखाए ।

सुपर सिक्सको सम्भावना अझै छ ?

अर्को खेलमा हङकङ जिम्बाब्वेसँग हार नजिक छ । यदि यो खेल जिम्बाब्वले जित्यो भने सुपर सिक्समा पुग्ने तेस्रो टोलीको टुंगो नेपाल र हङकङबीचको खेलबाट लाग्नेछ ।

हङकङ र अफगानिस्तानको समान २/२ अंक छ । तर, अफगानिस्तानले समूह चरणका सबै खेल खेलिसकेको छ । अब नेपालले हङकङलाई हरायो भने तीन वटै टोलीको समान २-२ अंक हुनेछ र रन रेटका आधारमा अघिल्लो चरा पुग्ने टोली तय हुनेछ ।

तर, सुपर सिक्समा स्थान बनाउन नेपालले अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउनुपर्छ । नेपाल हार्‍यो भने हङकङ ४ अंकका साथ सुपर सिक्समा पुग्नेछ ।

प्रतिकृया दिनुहोस

विश्वकप २०१८ : अर्जेटिना र आइसल्याण्डको खेल सुरु

काठमाडौं । रुसमा जारी  विश्वकपमा अर्जेन्टिना र आइसल्याण्डको खेल सुरु भएको छ । अर्जेन्टिना र आइसल्याण्ड पहिलो पटक खेल्न लागेको हो ।सन् १९३० देखि नै

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

काठमाडौं - विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो

रोनाल्डोसहित पोर्चुगल टोली रुस पुग्यो

मस्को- विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन्। पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप