विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने– भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन् ।विश्वासको मत माग गर्नेक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री हुनका लागिमात्रै भएको होइन, देशका लागि केही गर्न प्रधानमन्त्री भएको हुँ, भ्रष्टचार गर्दिन, भ्रष्टाचार हुन दिन्न ।’

प्रधानमन्त्रीले आफू विश्वासको मत लिएर दमनकारी शासक हुन नखोजेको पनि बताए । ‘दमनकारी शासक होइन, सुशासन दिने शासक हुन चाहन्छु,’ उनको भनाइ थियो, ‘सरकार विकासको अग्रणी हुन्छ, भ्रष्टाचार विरोधी हुन्छ, सदाचारको अभियन्ता हुन्छ ।’

 

विपक्षी कांग्रेसलाई संकेत गर्दै ओलीले आफूले विगत र वर्तमानमा विश्वास गर्नै नहुने कुनै काम नगरेको भन्दै मत मागे । ‘मलाई विश्वास नगरेर संसदको कुन हातले कता भोट देला र ?,’ उनको भनाइ थियो, ‘प्रतिपक्षले सत्तापक्षलाई भोट दिन मिल्छ, २ नम्बर प्रदेशमा एमाले माओवादी विपक्षमा छन् तर मत दिएका छौं । प्रतिपक्षीलाई कुनै अप्ठ्यारो पर्छ कि भन्नुपर्दैन, कानुनी अप्ठ्यारा छैनन् ।’

 

समृद्धिको अगुवाइ सत्तापक्ष र प्रधानमन्त्रीको हिसावले आफूले नेतृत्व गर्ने भए पनि विकासको अभियान सत्तापक्षको मात्र नहुने भन्दै विपक्षीको सहयोग मागे ।

 

प्रकाशित : फाल्गुन २७, २०७४ १५:४३

प्रतिकृया दिनुहोस

देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  नेपाल प्रगतिशिल इन्जिनियर

मन्त्रिपरिषद् बैठक : कर्मचारी समायोजन अध्यादेश स्वीकृत

काठमाडौँ — मन्त्रिपरिषद्को सोमबार अबेरसम्म बसेको बैठकले बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ ।    स्थानीय तह र प्रदेशमा

नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी

काठमाडौँ, असोज २२ गते । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र