सरकार ‘एक्सन’मा जानुपर्छ : दाहाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको पक्षमा सरकारले तत्कालै एक्सनमा गएर काम गर्नुपर्ने बताएका छन् । ‘अब यसो भयो भन्ने होइन, सीधै दोषीमाथि कारबाही गर्नुपर्छ,’ संसद्‍मा प्रधानमन्त्रीमाथि विश्वासको मत दिँदै दाहालले भने, ‘भाषण गरेर जनताले विश्वास गर्दैन ।’

केपी ओली सरकार बलियो अधिकारसहित र दुई तिहाइ नजिक रहेको बताउँदै दाहालले परिणाम देखाउने गरी काम गर्न सुझाव दिए । ‘सरकारले एक्सन लिन सुरु गरोस्, परिणाम देखाउन सुरु गरोस्, दोषीलाई जे गर्ने हो गरोस्, कठोर कदम चालोस्,’ उनको सुझाव थियो, ‘ऐन–नियममा के व्यवस्था गर्नुपर्ने हो गरोस्, जनताले सरकारबाट एक्सन नै खोजेका छन् ।’

 

प्रधानमन्त्रीले देश बनाउने हर भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभएकोमा धन्यवाद दिँदै उनले लुलो हातले होइन बलियो हातले काम गर्न सुझाव दिए ।

 

दाहालले माओवादी शान्ति प्रक्रियामा आएपछि बनेका १० मध्ये ८ वटा सरकार बनाउन आफ्नो भूमिका रहेको स्मरण गर्दै भने, ‘८ वटा बनाउने अवसर पाएको छु, भविष्यमा कति प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा नाम लेखिन्छ ?’ उनले कतिपयलाई संसद्‌मा ल्याउन अप्रत्यक्ष भूमिका खेलेर र कतिपयालाई सीधै प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको उल्लेख गरे ।

प्रकाशित : फाल्गुन २७, २०७४ १६:३९

प्रतिकृया दिनुहोस

संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्छ: प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन्।गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस

रक्सौल—काठमाडौँ रेलमार्गका लागि समझदारी

काठमाडौँ,हुप्रतीक्षित रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको छ । दुई मुलुकबीच प्रस्तावित उक्त

सन् २०३० सम्म गरिबी हटाउने प्रतिबद्धता

काठमाडौं - सन् २०३० भित्र सदस्य राष्ट्रहरूबाट गरिबी निवारण गर्नेलगायताक प्रतिबद्धतासहित प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका