नेपालको हार निरन्तर

काठमाडौँ — परम्परागत प्रतिद्वन्द्वी अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि नेपाल विश्वकप छनोट क्रिकेटको समूह चरणबाटै बाहिरिने लगभग निश्चित भएको छ । शनिबारको पराजय जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपालको लगातार तेस्रो हो । दोस्रो चरण पुग्ने नेपालको सम्भावना गणितीय हिसाबमा मात्र बाँकी छ । 

टस जितेको नेपाली टोली कप्तान पारस खड्काको ७५ रन मदतले ४९.५ ओभरमा १ सय ९४ रनमै अलआउट भयो । नाजीबुल्लाह जाद्रानले ४४ बलमा नटआउट ५२ रन बनाएपछि अफगानिस्तानले ३९ औं ओभरमै लक्ष्य भेट्टायो । अफगानिस्तानसँग नेपालको यो लगातार सातौं पराजय हो ।

 

पहिलो तीन खेल हारेको अफगानले नेपालसँगको जितपछि नयाँ जीवन पाएको छ । समूह ‘बी’ अर्को खेलमा आयोजक जिम्बावे शनिबारै हङकङलाई ८९ रनले पराजित गरी सुपर सिक्समा पुग्ने तेस्रो टोली भएको छ । नेपाल र हङकङ सोमबार समूह चरणको अन्तिम खेलमा भिड्दै छन् । हङकङले विजय हात पारे सुपर सिक्स पुग्नेछ । नेपालले विजय हात पारेमा अफगानिस्तान दोस्रो चरणमा छिर्नेछ ।

 

पारसले लगातार दोस्रो अर्धशतक बनाएका छन् । बुलाबायो एथलेटिक क्लबमा पारसले २२ आंै ओभरमा विपक्षी समकक्षी रशिद खानलाई लगातार दुई चौका प्रहार गरेर ५६ बलमा ५० रन पूरा गरे । पारसले ८२ बलको इनिङ्समा १० चौका र १ छक्का प्रहार गरे । नेपालले अफगानसँग अनिल शाह र करण केसीलाई शरद भेषावकर र दिलीप नाथको स्थानमा खेलाएको थियो । शरद चोटका कारण खेल्ननसकेका हुन् ।

 

विकेटकिपिङ पनि सम्हालेका अनिल ७ रन बनाई मुजिब उर रहमानको बलमा आउट भए । ज्ञानेन्द्र मल्लले ६९ बलमा २ चौका प्रहार गरी २३ रन बनाए । ज्ञानेन्द्र र पारसले ९८ रनको साझेदारी गरेका थिए । दीपेन्द्रसिंह ऐरीले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३२ रन बनाए । रोहित पौडेलले १, आरिफ शेखले तीन चौकासहित २३, सोमपाल कामीले ९, करण केसीले एक छक्कामा जोडेको ६, वसन्त रेग्मीले नटआउट ९ बनाए भने सन्दीप लामिछाने र ललित राजवंशी दुवै शून्यमा आउट भए । अफगानका मोहम्मद नाबीले ४, रशिदले ३ र शपुर जाद्रानले २ विकेट लिए ।

 

अफगानिस्तानबाट नाजीबुल्लाहले ४७ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । रहमत शाहले ४६ र म्यान अफ द म्याच नाबीले ३४ रन बनाउँदै अफगानलाई सजिलो विजय दिलाए ।

प्रकाशित : फाल्गुन २७, २०७४ ०७:२३

प्रतिकृया दिनुहोस

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

काठमाडौं – नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सको सामना गर्ने भएको छ। आइतबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा भारतले

नेपाल हङकङसामु निरीह, ९५ रनमा अलआउट

काठमाडौं – एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग प्रतिस्पर्धा गरिरहेको नेपालले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ। मलेसियामा

नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

काठमाडौं – मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ।सिंगापुरले जितका लागि प्रस्तुत गरेको १