काठमाडौँ उपत्यकामा हल्का वर्षा

काठमाडौँ — स्थानीय वायुको प्रभावका कारण आइतबार दिउँसो काठमाडौँ उपत्यकाका कतिपय स्थानमा हल्का वर्षा भएको छ ।स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन‍् ।

 

उनका अनुसार अहिले देशका पूर्वी, मध्य र पश्चिम पोखरापूर्वको भेगमा बदली तथा पोखरादेखि पश्चिम, सुदूरपश्चिम र तराई क्षेत्रमा मौसम सामान्य छ ।

 

अपराह्न मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ । पूर्वमनसुनको याम भएका कारण स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित छोटो अवधिको वर्षात् गराउँछ । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौँको अधिकतम तापक्रम २६.६ र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ ।

प्रकाशित : फाल्गुन २७, २०७४ १५:०६

प्रतिकृया दिनुहोस

साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधन चलाउन नपाइने

काठमाडौं – सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ

बझाङमा यार्सा उत्पादन बर्सेनि घट्दै

बझाङ, जेठ १० । ‘जीवनबुटी’को नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रशस्त पाइने भनेर चिनिएको जिल्ला बझाङमा बर्से्नि यसको उत्पादन घट्दै

काठमाडौंमा बर्डफ्लू भेटियो

१० जेठ, काठमाडौं । राजधानीमा बर्डफ्लू भेटिएको छ । धर्मस्थली क्षेत्रको पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको हो । स्वास्थ्य सेवा विभाग