इङ्गलिस प्रिमियर लिगमा टोटनहृयाम र आर्सनलको जित

२८ फागुन, काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनहृयाम र आर्सनलले आ-आफ्नो खेल जितेका छन् । आइतबार राति भएका खेलमा टोटनहृयामले बर्नमाउथलाई ४-१ ले तथा आर्सनलले वाट्फोर्डलाई ३-० ले हराए ।टोटनहृयामको जितमा सन हेङ मिनले दुई गोल गरे भने डेली अली र सर्ज अरियरले एक-एक गोल थपे । बर्नमाउथका जुनियर स्टानलासले सान्त्वना एक गोल फर्काए ।

घरेलु मैदानमा बर्नमाउथले सुरुवाती अग्रता लिएको थियो । खेलको सातौं मिनेटमै स्टानलासले गोल गरे पनि हार टार्न सकेन ।जितसँगै टोटनहृयाम अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टोटनहृयामले ३० खेलबाट ६१ अंक जोड्दा ३३ अंकसहित बर्नमाउथ १२ औं स्थानमा छ ।

यसैगरी घरेलु मैदानमा वाटफोर्डलाई हराउँदा आर्सनलका शोकड्रान, पियर एमरिक र हेनिरिकले एक-एक गोल गरे । यो जितसँगै ४८ अंकसहित आर्सनल लिगको छैटौं स्थानमा छ ।पराजित वाट्फोर्ड ३६ अंकसहित दशौं स्थानमा छ । पहिलो स्थानमा म्यानचेस्टर सिटी, दोस्रोमा म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा टोटनहृयाम छन् ।

प्रतिकृया दिनुहोस

विश्वकप २०१८ : अर्जेटिना र आइसल्याण्डको खेल सुरु

काठमाडौं । रुसमा जारी  विश्वकपमा अर्जेन्टिना र आइसल्याण्डको खेल सुरु भएको छ । अर्जेन्टिना र आइसल्याण्ड पहिलो पटक खेल्न लागेको हो ।सन् १९३० देखि नै

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

काठमाडौं - विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो

रोनाल्डोसहित पोर्चुगल टोली रुस पुग्यो

मस्को- विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन्। पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप