घोडाघोडी नगरपालिकाका मेयर माथि गोली प्रहार

कैलाली- अज्ञात समूहको आक्रमणबाट कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी घाइते भएका छन्  ।नगरपालिकाको सुख्खड बजारस्थित उनकै निवासमा गएको अज्ञात समूहले आज साँझ उनीमाथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए  ।

उनको  खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ । नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो ।

उनको गंभीर अपराधलाई पनि सामान्य रुपमा लिएको आरोप लागेको थियो । तर शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख चौधरीले आफूले घटनालाई मिलाउन नखोजेको दाबी गरेका थिए । उनले घटनाको बारेमा सुरुको दिन खासै जानकारीसमेत नभएकाले घटनाबारे चासो नै नदिएको पत्रकार सम्मलेनमा बताएका थिए ।बोक्सीको आरोपमा किशोरीमाथि कुटपीट गर्ने विरुद्ध जाहेरी नलिने प्रहरी पनि कारवाहीमा परिसकेका छन् । अहिलेसम्म घटनामा आरोपित तीन जना पक्राउ परेका छन् । र, दुई जना विरुद्ध मुद्दा नै दर्ता भएको छ।

‘काम छ’ भन्दै बाहिर बोलाएर यसरी भयो मेयरमाथि आक्रमण :

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार राति अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ । गम्भीर घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेज लगिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

घोडाघोडी– ५ सुख्खडस्थित घरमै रहेका चौधरीमाथि राति ८ः१० बजे आक्रमण भएको हो । उनलाई ‘काम छ’ भन्दै बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरिएको परिवारका सदस्यले बताए । उनको कम्मरमुनि गोली र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।मेयर चौधरीलाई तत्कालै सुख्खडस्थित घोडाघोडी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि राति नै नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद शर्मा घिमिरेले बताए । ‘मेयरकोे अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्,’ एसपी घिमिरेले भने ।

पेस्तोल देखाउँदै भागे
तीन मोटरसाइकलमा आएका उनीहरूको पहिचान र आक्रमणको कारण खुलेको छैन । घटनास्थलबाट प्रहरीले से.२प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।‘बन्दुक पड्किएकोजस्तो आवाज सुनियो, के भएको हो भनी बाहिर आएर हेर्दा मेयरले मलाई बचाऊ भन्नुभयो,’ छिमेकी विशाल पाण्डेयले भने । मेयरले ‘म बाँच्छु, मलाई अस्पताल लैजाऊ’ भनेपछि स्कुटरमा राखेर अस्पताल पुर्‍याएको पाण्डेयले बताए ।

 

प्रतिकृया दिनुहोस

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयाे

काठमाडौँ — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट

बेगनास तालमा बेपत्ता ६ जनाकै शव भेटियो

पोखरा — बेगनास तालमा शनिबार डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव आइतबार दिउँसो फेला परेको छ । घटनास्थलनजिकै उनीहरुको शव भेटिएको प्रहरीले जनाएको

नारायणगढको न्यू गणेश सुनचाँदी पसलबाट दुई केजी अबैध सुन बरामद

चितवन- प्रहरीले चितवनको नारायणगढबाट दुई केजी सुन र चार केजी चाँदी सहित एक जनालाई पक्राउ गरेको छ। तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय