नेपालमा विमान दुर्घटनाको इतिहासः ६९ वर्षमा ८५ दुर्घटना

फागुन, काठमाडौं । नेपालमा विमान दुर्घटनाको तथ्य निकै दुःखद छ । नेपालको ६९ वर्षको हवाइ इतिहासमा ८५ वटा विमान दुर्घटनामा परेका छन् । सोमबार युएस बंगला विमान दुर्घटनामा परेसँगै नेपालमा दुर्घटना हुने अन्तर्राष्ट्रिय विमानको संख्या ८ पुगेको छ ।

नेपालमा दर्ता भएका बिमान समेत जोड्ने हो भने आइतबारको यो दुर्घटना ८५ औं हो । र, त्रिभुवन विमानस्थलमै ठूलो मानवीय क्षति हुने गरी भएको यो पहिलो दुर्घटना हो ।नेपालमा अन्तरराष्ट्रिय विमान दुर्घटना पर्दा अहिलेसम्म ३५९ जनाको ज्यान गएको छ । युएस बंगला विमान दुर्घटना पर्नुअघि ३११ जनाले ज्यान गुमाएका थिए । नेपाली आकाशमा अहिलेसम्म ६५५ जनाले ज्यान गुमाएका छन् । आन्तरिक उडानका जहाज दुर्घटनामा परेर २९६ जनाको ज्यान गएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई सुरक्षा महाशाखा प्रमुख सुरेश आचार्यका अनुसार यसअघि टर्किस एयरलाइन्सको सन् २०१५ को मार्चमा त्रिभुवन बिमानस्थलमा नै दुर्घटनामा परेको थियो । तर, टर्किस एयरलाइन्सको दुर्घटनामा भने कसैको पनि ज्यान गएको थिएन । अन्तर्राष्ट्रिय विमान दुर्घटना पर्दा सबै यात्रुको सकुशल उद्दार भएको त्यो पहिलो घटना थियो ।आचार्य भन्छन् ‘टर्किस एयरलाइन्सको दुर्घटनामा  सबै यात्रुको  सकुशल उद्दार गरिएको थियो, त्यसैले यो विमानस्थलको हातामा भएको पहिलो ठूलो दुर्घटना हो ।’

विदेशी उडानको इतिहास

नेपालमा पहिलोपटक सन् १९४९ मा चार सिट क्षमताको बोन्यान्जा वीचक्राफ्टा ल्यान्ड भएको थियो ।  र, जहाज दुर्घटना भने पहिलोपटक सन् १९५५ को फेब्रुअरी ८ मा अन्तर्राष्ट्रिय एयरलाइन्स कालिंगा एयर सिमरामा दुर्घटनामा परेको थियो । जसमा २ जनाको ज्यान गएको थियो भने एकजनाको सकुशल उद्दार गरिएको थियो ।

नेपालमा नै दर्ता भएको जहाज भने सन् १९६१ मे ११ भैरहवामा पहिलो पटक दुर्घटना भएको थियो । जसमा ४ जनाको ज्यान गएको थियो ।त्यसपछि सन् १९५६ मेमा इन्डियन एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । जसमा १४ जनाको ज्यान गएको थियो भने १९ जनाको सकुशल उद्दार गरिएको थियो ।

अहिलेसम्म नेपालमा भएको ठूलो अन्तर्राष्ट्रिय  बिमान दुर्घटना भने सन् १९९२ मा भएको थियो । १९२२ को सेप्टेम्बरमा पाकिस्तान एयरलाइन्सको विमान भट्टेडाँडामा दुर्घटनामा पर्दा १५७ जनाले ज्यान गुमाएका थिए ।त्यस्तै सन् १९५८ मा इन्डियन एयरलाइन्सको जहाज दुर्घटनामा पर्‍यो । जसमा  विमानमा  यात्रा गरिरहेका २० सै जनाको ज्यान गयो ।सन् १९९२ को जुलाइमा नुवाकोटको ग्याङ्देफेदीमा थाई एयरवेजको जहाज दुर्घटनामा पर्‍यो । जसमा  बिमानमा  रहेका ११३ जनाकै ज्यान गयो ।त्यसपछि सन् १९९९ मा लुफ्थान्साको कार्गाे बिमान दुर्घटनामा पर्‍यो जसमा ५ जनाले जीवन गुमाए ।

प्रतिकृया दिनुहोस

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयाे

काठमाडौँ — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट

बेगनास तालमा बेपत्ता ६ जनाकै शव भेटियो

पोखरा — बेगनास तालमा शनिबार डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव आइतबार दिउँसो फेला परेको छ । घटनास्थलनजिकै उनीहरुको शव भेटिएको प्रहरीले जनाएको

नारायणगढको न्यू गणेश सुनचाँदी पसलबाट दुई केजी अबैध सुन बरामद

चितवन- प्रहरीले चितवनको नारायणगढबाट दुई केजी सुन र चार केजी चाँदी सहित एक जनालाई पक्राउ गरेको छ। तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय