नेपालले हङकङलाई हरायो, अफगान सुपर सिक्समा

फागुन, काठमाडौं । विश्वकप छनोटमा नेपालले हङकङमाथि ५ विकेटको जित निकालेको छ । यससँगै अफगानिस्तान सुपर सिक्समा पुगेको छ ।

सुपर सिक्समा पुग्न नेपाललाई ठूलो अन्तरको जित चाहिएको थियो । त्यो नभएपनि नेपालले एकदिवसीय मान्यता पाउने र डिभिजन टूमा घटुवा हुनबाट बच्ने सम्भावना रहृयो ।पहिलो जितसँगै नेपाल समूहको चौथो स्थानमा रहृयो भने हङकङ समूह बीको पुछारमा रहृयो ।

रोहित र सोमपालको उत्कृष्ट साझेदारी

१५४ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात औषत रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ४१ रनको साझेदारी गरे । अनिल २६ रनमा आउट भए । त्यसपछि लगातार तीन विकेट गुमायो ।
मल्ल १२, पारस ११ र दिपेन्द्र सिंह ऐरी १२ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ६६ रन थियो ।

तर, रोहित र सोमपालले अविजित ८९ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । रोहित ४८ रनमा अविजित रहँदा सोमपालले नटआउट ३७ रन बनाए ।

हङकङले जितेको थियो टसकोको पुगे सुपर सिक्समा ?
समूह ए
वेष्टइण्डिज, आयरल्याण्ड, यूएई
समूह बी
जिम्बाब्वे, स्कटल्याण्ड, अफगानिस्तान

अफगानिस्तान टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो ।

ओपनिर निजाकत खानले टिकेर देखेपनि अरु ब्याट्सम्यानले साथ दिन सकेनन् । बाबर हायात मात्र २० र अंशुमान रथ मात्र १ रनमा आउट भएका थिए ।खानले ४७ रन बनाए ।नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले २-२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले १-१ विकेट लिए ।

प्ले अफ पपुवा न्यूगिनीसँग

हङकङमाथिको जितसँगै नेपाल समूह बीको चौथो स्थानमा उक्लिएको छ र अब प्ले अफमा पपुवा न्यूगिनीसँग खेल्ने भएको छ । यो खेल बिहीबार हुनेछ ।हङकङले समूह एको चौथो स्थानमा रहेको नेदरल्याण्ड्ससँग खेल्नेछ ।

ओडीआई स्टाटसको सम्भावना

विश्वकप छनोट खेलेका पाँच एशोसिएट देशमध्ये शीर्ष तीनले ओडीआई स्टाटस पाउनेछ भने दुई टिम डिभिजन टूमा घटुवा हुनेछ ।स्कटल्याण्ड र यूएईले सुपर सिक्समा मात्र स्थान बनाएको छ । यससँगै दुबै टिमले ओडीआई स्टाटस पाउने पक्का भएको छ । अब ओडीआई स्टाटसका लागि एक सिट बाँकी छ ।यदि सोमबार नेपाललाई हराएको भए हङकङ सुपर सिक्समा पुग्थ्यो र तीन टोली शीर्ष एसोसिएट देशले पाउने ओडीआई स्टाटस उसले पनि पाउने थियो ।यस्तो अवस्थामा पपुवा न्यूगिनी र नेपाल प्ले अफ अघि नै डिभिजन टूमा घटुवा हुने थिए ।तर, अब एउटा सम्भावना अझै छ । नेपालसँगै पपुवा न्यूगिनी र हङकङ मध्ये एक देशले ओडीआई स्टाटस पाउनेछ । यसका लागि प्ले अफमा राम्रो खेल्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस

जर्मनीको जितमा सानेको गोल

एजेन्सी । लोरी सानेको गोलमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल अन्तर्गत बिहीबार राति रुसलाई ३–० ले पराजित गरेको छ ।  जर्मनीका प्रशिक्षक

आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं, बिहीबार – साफ यु–१५ च्याम्पियनसिप आज बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत

विराटले तोडे सचिनको १७ वर्ष पुरानो कीर्तिमान

१७ वर्षदेखि सचिन तेन्दुलकर नाममा रहँदै आएको कीर्तिमान भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले तोडेका छन्। कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी