उपमेयर बिरुद्ध वडा अध्यक्षहरु धर्नामा, मेयरले जनाए एक्येबद्धता

चैत्र ६, २०७४

उपमेयर रेणु झाले अनसन तोडेको १२ घण्टा न बित्दै बिभिन्न पाँच सुत्रिय माग राखी धनुषाको हँसपुर नगरपालिकाका वडा अध्यक्ष लगायत सदस्यहरुहरुले उनी बिरुद्ध धर्नामा बसेका छन् ।

उपमेयर रेणु झालाई कानुनको ज्ञान नै नभएको र जे कुरामा पनि आफ्नै अडान मात्रै राख्ने गरेकाले बिरुद्धधर्नामा बस्नु परेको वडा नम्बर २ का वडा अध्यक्ष उदय कुमार सिंहले बताए । उपमेयर झाको यस्तो प्रबृतिले गर्दा स्थानीय जनता अहिले नै आजित भएको सिंहले गुनासो गरे ।

उपमेयर झाले शंकाकै आधारमा र हचुवाको तालमा अनसन बसेर सस्तो लोकप्रियता कमाउन खोजेको सिंहले आरोप लगाए ।

धर्ना कार्यक्रमलाई मेयर राम ज्ञान मण्डल सहित ४ सय ५२ जनाले हस्ताक्षर गरेर एक्येबद्धता जनाएको छ । आफुलाई कसैले भेट्न गए पनि उपमेयरले घरबाट कार्यालय सञ्चालन गरेको आरोप लागाउदै आएको मण्डलले बताए ।

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको थियो । बघचौडामा रहेको नगरपालिका कार्यालय मेयर मण्डलले अन्यत्र सार्न लागेको भन्दै उपमेयर झाले विरोध जनाएकी छिन् ।

यता मेयर मण्डलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा निर्वाचनको ६ महिनाभित्र दुईतिहाइ बहुमतले केन्द्र परिवर्तन गर्न सकिने प्रावधान रहेको बताए । ‘नगरवासीलाई पायक पर्ने स्थानमा कार्यालय सार्न सदस्यहरूको दबाब रहेका कारण केन्द्र सार्ने प्रस्ताव मात्र राखेको बताए ।

दुईतिहाइभन्दा बढी बहुमतले कार्यालय सार्न दबाब दिएकाले कानुनअनुसार प्रक्रिया अगाडि बढाउनु मेरो कर्तव्य हो,’ उनले भने । नगरपालिकामा फागुन २८ गते देखी तालाबन्दी भएपछि जन्मदर्ता, विवाहदर्ता तथा विकास निर्माणका कार्य प्रभावित भएका छन् ।

यस अघि उपमेयर रेणु झा आफ्नै मेयरविरुद्ध नगरपालिकाको कार्यालयलाई अन्य स्थानमा सार्न खोजेको भन्दै आमरण अनशनमा बसेकी थिईन । उनले आइतबार राति करिब ९ बजे अनशन तोडेको मेयर रामज्ञान मण्डलले बताए ।

प्रतिकृया दिनुहोस

ओली–प्रचण्डबीचको वार्ता ‘सकरात्मक’

पार्टी एकताको अन्तिम तयारीमा रहेका एमाले र माओवादीले छलफललाई तीव्र पारेका छन् । एकता संयोजन समितिले सहमति हुन बाँकी विषयलाई टुंगाउने जिम्मेवारी दुई

स्थापना दिवसकै दिन राजपा नेपाल फुट्यो

राष्ट्रिय जनता पार्टी नेपाल स्थापना दिवसकै दिन फुटेको छ । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु

मनाङे कारागार चलान भएसँगै प्रदेशसभा सदस्य पद स्वतः रिक्त,उपचुनाव कहिले ?

मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त