‘कृ’ निर्माता र प्रधानबिच ११ लाखमा मिलापत्र

अभिनेता अनमोल केसीले अभिनय गरेको फिल्म ‘कृ’ का निर्माता सुवास गिरी हिरासत मुक्त भएका छन् । यस फिल्ममा समावेश ‘उकालीमा अघिअघि’  बोलको गीत चोरीको आरोपमा उनलाई मंगलवार साँझ अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको थियो । २०४० सालमा प्रदर्शनमा आएको अभिनेता भुवन केसी अभिनीत तथा शम्भु प्रधान निर्मित/निर्देशित फिल्म ‘सम्झना’ मा समावेश उक्त गीत विना अनुमती फिल्म ‘कृ’ मा राखिएको भन्दै केही हप्ता अगाडि काठमाडौं प्रहरी परिसर, टेकुमा निर्देशक प्रधानले निर्माता भुवन केसीविरुद्ध जाहेरी दर्ता गराएका थिए । 

तर, चलचित्र विकास बोर्डमा ‘कृ’ निर्मातामा सुवास गिरीको नाम रहेका कारण प्रहरीले उनलाई मंगलवार साँझ अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।बुधवार दिउँसो प्रहरी परिसर, टेकुमा शम्भु र निर्माता गिरीबिच ११ लाखमा मिलापत्र भएको छ । अब निर्माता गिरीले प्रधानलाई क्षतीपूर्ती स्वरुप उक्त रकम दिनु पर्नेछ । मिलापत्रमा ‘कृ’ युट्युबमा आउँदा ‘उकालीमा अघिअघि’ वाक्य काट्नु पर्नेछ । विदेश प्रदर्शनमा भने गीत यथावत नै रहनेछ । यसअघि जाहेरी दिँदा निर्देशक प्रधानले फिल्मको मुनाफाको ५० प्रतिशत चाहिने भन्दै अड्डि कसेका थिए । ‘कृ’ मा रहेको ‘धेरै पछि सम्झना, आँखा छोपी बसन’ बोलको गीतमा ‘उकालीमा अघिअघि’ को टुक्रा पुरानै धुनमा समावेश गरिएको छ ।युट्युबमा ओरिजिनल म्यूजिकमा रञ्जित गजमेरलाई क्रेडिट दिइएको छ भने, रिमेक म्यूजिकमा अल्मोडा राना उप्रेतीको नाम छ । यसैगरी रिमेक लिरिक्समा अल्मोडा र सविन एकतारेको नाम रहेको छ ।

 

प्रतिकृया दिनुहोस

शृंखलाले जितिन् दुइटा अवार्ड

काठमाडौँ — मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार

‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक