परकम्प जाने क्रम अझै रोकिएन

काठमाडौँ, चैत १७ गते । मुलुकमा ठूलो भूकम्प गएको झण्डै तीन वर्ष बितिसक्दा पनि भूकम्पका पराकम्प जाने क्रम अझै रोकिएको छैन । २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको पराकम्पको तुलनामा अहिले पाँच गुणा वृद्धि भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकरीले विनाशकारी भूकम्प गएको २०७२ वैशाख १२ गतेपछि नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको जानकरी दिनुभएको छ । 
उहाँका अनुसार, गोरखा केन्द्रबिन्दु भएर गएको २०७२ सालको सो भूकम्पपछि नेपालमा अहिलेसम्म साना ठूला गरी ४५ हजारभन्दा बढी पराकम्प गइसकेको छ, जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला करिब पाँच वटा पराकम्प रहेका छन् । पराकम्पले जनधनको कुनै क्षति नभएको प्रमाणित खबर अहिलेसम्म नआएको जानकारीमेत अधिकारीले दिनुभयो । 
मुलुकमा यस्ता पराकम्प कहिलेसम्म गइरहन्छ भने जिज्ञासामा केन्द्र प्रमुख अधिकारीले अहिले गइरहेका पराकम्प वैशाख १२ गते र जेठ २९ गते गएका भूकम्पका पराकम्प हो, यस क्षेत्रमा भूकम्पका यस्ता पराकम्प कहिलेसम्म जान सक्छ भन्न नसकिने स्पष्ट पार्नुभयो ।

विश्वमा ठूला–ठूला भूकम्प गएका ठाउँमा फरक–फरक समय र किसिमले पराकम्प जाने गरेको बताउँदै उहाँले पराकम्प गएको कुनै निश्चित समय नदेखिएको जानकारी दिनुभयो । उहाँका अनुसार केही वर्षका लागि २०७२ सालमा केन्द्रबिन्दु भएर भूकम्प गएको क्षेत्रबाहेकको ठाउँमा नेपालभरि नै ठूला भूकम्प जाने सम्भवाना सधैँ कायम नै रहन्छ । 
“अहिलेसम्मको अनुमानको आधारमा २०७२ सालमा केन्द्रबिन्दु भएर भूकम्प गएको क्षेत्रमा ठूलो खालको भूकम्प आउन सक्दैन” भन्दै अधिकारीले सचेत र सुरक्षित भएर बस्न सबैसँग आग्रहसमेत गर्नुभयो । 
“मध्य नेपालमा सन् १३४४, १४०८, १६८१, १८३३ र अहिले सन् २०१५ मा ठूलो भूकम्प गएको छ” उहाँले भन्नुभयो, “यसरी यो क्षेत्रमा करिब डेढ सय र दुई सय वर्षको अन्तरालमा भूकम्प गएको इतिहास देखिन्छ, त्यसैले निकट भविष्यमा नै यो क्षेत्रमा ठूलो–ठूलो भूकम्प जाने सम्भावना छैन । ”
“गोरखादेखि पश्चिम र भारतको देहरादूनदेखि पूर्वमा भूकम्प नगएको करिब पाँच सय वर्ष भइसकेको छ, यो क्षेत्रमा ठूलै भूकम्प जाने शक्ति सञ्चित छ” केन्द्रका प्रमुख अधिकारीले भन्नुभयो, “यस क्षेत्रमा ठूलो भूकम्प जाने सम्भावना छ तर कहिले जानेछ त्यो भन्न सकिँदैन । ”
उहाँले भन्नुभयो, “पश्चिम नेपालमा ठूलो भूकम्प जाने सम्भावनाको अनुमान कुनै नयाँ अनुमान होइन, यो बीस वर्षदेखिको अनु्मान हो । पश्चिम नेपालमा सन् १५०५ मा ८ दशमलव ५ रेक्टर स्केलको र त्यसपछि विक्रम सम्बत् २०३७ सालमा बझाङ केन्दबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । हिमाली क्षेत्रमा भूकम्प जाने सम्भावना सधैँ रहिरन्छ भन्ने समेत उहाँले स्पष्ट पार्नुभयो । 
पूर्वी नेपालमा सन् १२१५ र १९३४ मा ठूलो भूकम्प गएको स्मरण गर्दै उहाँले भन्नुभयो, “पूर्वी नेपालमा ठूलो भूकम्प गएको ८०÷८१ वर्ष मात्र भएको त्यसैले यस क्षेत्रमा पनि निकट भविष्यमै ठूलो भूकम्प जान सक्ने सम्भावना छैन । ”
भूकम्प कहिले, कहाँ र कति मात्रामा जान सक्छ भन्ने अनुमान गर्न सकिने प्रविधिको अविस्कार अहिलेसम्म विश्वमा भइनसकेको बताउँदै उहाँले त्यसैले भूकम्प यति बेला यो ठाउँमा जानेछ भन्ने हल्लाको पछाडि नलाग्न र विश्वास नगर्न समेत सबैसँग आग्रह गर्नुभयो । 
केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, दोलखालगायतका जिल्लामा धेरै पराकम्प जाने गरेको बताउनुभयो । हाल नेपालमा काठमाडौँ र सुर्खेत केन्द्रका २१ स्टेशनबाट भूकम्प मापन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै

लहान, वैशाख ६ गते । सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको

गैंडा समातेको हेर्न आउँदै चिनियाँ

काठमाडौँ — उपहारस्वरूप नेपालले दिने एकसिंगे गैंडा समातेको हेर्न चीनबाट वन्यजन्तु व्यवस्थापन विज्ञ याङको नेतृत्वमा एक टोली ४ वैशाखमा नेपाल

चितवनको एउटा फार्ममा तीन हजारभन्दा बढी कुखुरा मरे

चितवन, चैत २२ – चितवनमा एउटै कुखुरा फार्ममा तीन हजार सात सय कुखुरा मरेका छन् ।  रत्ननगर नगरपालिका वडा नम्बर–१५, माधवपुरको लामिछाने पोल्ट्री