सलमान खानलाई ५ वर्ष जेल

मुम्बई– कालो हरिण शिकार मामिलामा सलमान खानलाई ५ वर्षको जेल सजायँ सुनाइएको छ। 

जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला गरेको हो। फैसलामा सलमानलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

फैसलासँगै सलमानलाई जोधपुरको सेन्ट्रल जेल चलान गर्ने तयारी भइरहेको छ। यद्यपी सलमानका वकिल जमानतका लागि अपिल गर्ने तयारीमा छन्। 

अदालतले अन्य आरोपी सैफअली खान, तब्बू, सोनाली बेन्द्र र निलमलाई भने सफाई दिएको छ। 

सन् १९९८ मा फिल्म ‘हम साथ साथ है’ शुटिङका क्रममा जोधपुरनजिकै कांकाणी गाउँसहित ३ अलग अलग स्थानमा हरिणको शिकार गरेको आरोपमा सलमानविरुद्ध २० वर्षदेखि जोधपुर अदालतमा मुद्दा चलिरहेको थियो।

प्रतिकृया दिनुहोस

शृंखलाले जितिन् दुइटा अवार्ड

काठमाडौँ — मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार

‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक