चितवनको एउटा फार्ममा तीन हजारभन्दा बढी कुखुरा मरे

चितवन, चैत २२ – चितवनमा एउटै कुखुरा फार्ममा तीन हजार सात सय कुखुरा मरेका छन् । 

रत्ननगर नगरपालिका वडा नम्बर–१५, माधवपुरको लामिछाने पोल्ट्री फार्मको चार वटा खोरमा एक हप्तामा तीन हजार सात सय कुखुरा मरेका हुन । कुखुरा भाइरसको संक्रमणले मरेको प्राविधिकले बताएका छन् । 

ठूलो सङ्ख्यामा कुखुरा मरेको थाहा पाएपछि बिहीबार दिउँसो १ बजे जिल्ला पशु सेवा कार्यालयका प्राविधिक टोली त्यस कुखुरा फार्ममा पुगेका थिए । अकास्मत कुखुरा मरेपछि रोग पत्ता लगाउनका लागि प्रयोगशाला परीक्षण भइरहेको छ । 

राष्ट्रिय पंक्षी रोग अन्वेषण शाखा भरतपुरका प्रमुख डाक्टर दयाराम चापागाईले प्रारम्भीक परीक्षणमा ‘एच नाइन एन वान’ नामको भाइरसका कारण ती कुखुरा मरेका पत्ता लागेको बताउनुभयो । 

केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौंमा परीक्षण भइरहेको र शुक्रबार बिहानसम्म नतिजा आउने डाक्टर चापागाईले जानकारी दिनुभयो । गएको चैत १५ गते बेलुकी हावाहुरी आएपछि साँझ तीन वटा कुखुरा मरेको त्यस पोल्ट्री फार्मका सञ्चालक अमृत लामिछानेले बताउनुभयो ।

१६ गते बिहान खोरमा जाँदा १४ वटा कुखुरा मरेको देखेपछि तत्काल कुखुराको परीक्षणको लागि भरतपुरस्थित पंक्षी रोग अन्वेषण शाखामा परीक्षण गराउँदा १६ गतेको रिपोर्टमा ‘एआइभी पोजेटिभ’ देखिएको लामिछानेले बताउनुभयो ।

काठमाडौँ पठाइएको नमूना छिटो परीक्षण गर्न पटक–पटक पशुपंक्षी रोग केन्द्रीय प्रयोगशालाका प्रमुख डिकरदेव भट्टलाई फोन गरेको भए पनि वास्ता नगर्नाले ठूलो क्षति व्यहोर्नुपरेको फार्म सञ्चालक  लामिछानेले गुनासो छ । 

प्रतिकृया दिनुहोस

आज र भोलि भारी वर्षा हुनसक्ने

काठमाडौं, १८ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले देशका अधिकांश भेगमा

साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधन चलाउन नपाइने

काठमाडौं – सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ

बझाङमा यार्सा उत्पादन बर्सेनि घट्दै

बझाङ, जेठ १० । ‘जीवनबुटी’को नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रशस्त पाइने भनेर चिनिएको जिल्ला बझाङमा बर्से्नि यसको उत्पादन घट्दै