काठमाण्डौ गोल्डेन्सले विराटनगर किङ्सलाई ५ विकेटले पराजित

काठमाडौं, २३ चैत ।  नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा राष्ट्रिय टोलीका उप(कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाण्डौ गोल्डेन्सले विराटनगर किङ्सलाई ५ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा चौथो जित हात पारेको काठमाण्डौका लागि कप्तानको प्रेरणादायी भूमिका निभ्याउदै जित तर्फ डोहोर्याएका ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित हुदै नगद रु १० हजार प्राप्त गरे ।

यस नतिजा पश्चात काठमाडौं ८ अंक सहित पहिलो स्थानमा छ भने विराटनगर तेस्रो स्थानमा यथावत रहेको छ । एसएसी मैदान धनगढीमा विराटनगर किङ्सले दिएको १ सय ६५ रनको गतिलो लक्ष्य पछ्याएको काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । १ रन चाहिएको खेलको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्लले छक्का प्रहार गर्दै जित सुनिस्चित गरेका थिए ।

प्रतियोगितामा यस अघिका खेलहरुमा राम्रो सुरुआत गरिरहेका काठमाण्डौमा ओपनिंग ब्याट्सम्यानहरु सुबोध भाटी र अमित श्रेष्ठले गतिलो योगदान दिन सकेनन् । भाटीले १४ बलमा १० र अमितले ७ बलमा ५ रन प्रहार गरे । तेस्रो स्थानमा ब्याटिङ् गर्न आएका भुपेन्द्र थापाले २८ बलमा ३६ रन प्रहार गरे भने पाँचौ नम्बरमा ब्याटिङ् गर्न उत्रेका नरेश बुढायरले ४ बलको सामना गर्दा खाता खोल्न सकेनन् ।

काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ६८ रन प्रहार गर्द नटआउट रहे। उनले ४० बल खेल्ने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे। कप्तान मल्लले १७ बलमा २४ रन प्रहार गरेका पुष्प थापासँग ५ औँ विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । ७ औ नम्बरमा ब्याटिङ् गर्न आएका सनी पटेलले १० बलमा २५ रन प्रहार गरे। मल्ल र पटेलले १६ बलमा ३७ रनको साझेदारी गरेका थिए ।

विराटनगरका लागि वसन्त रेग्मीले २ तथा पारस खड्का, सुभम कामत र मन्जित श्रेष्ठले १-१ विकेट लिए ।

त्यस अघि टस जितेर ब्याटिङ् रोजेको विराटनगरले निर्धारित २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १ सय ६४ रन प्रहार गरेको थियो । चौथो ओभरमा सुबोध भाटिको बलमा नरेश बुढायरले क्याच फुत्काएपछि जीवनदान पाएका अनिल कुमार शाहले दिलिप नाथसँग मिलेर पहिलो विकेटको लागि ३८ रनको साझेदारी गरेका थिए । दिलिपले २७ बलमा ३३ र अनिलले २२ बलमा १० रन प्रहार गरेका थिए ।

तेस्रो नम्बरमा ब्याटिङ् गर्न आएका बाबर हायातले ३३ बलमा ६७ रनको पारी खेलेका थिए । उनलाई सुबोध भाटीले बोल्ड गरेका थिए। विराटनगरका लागि अन्य ब्याट्सम्यानहरु पवन सराफले २, वसन्त रेग्मीले १०, पृथु बास्कोटा र सौरभ खनालले ११ रन प्रहार गरे भने सुभम कामतले कुनै रन प्रहार गर्न सकेनन् । पारस खड्का ८ र मन्जित श्रेष्ठ शुन्य रनमा नटआउट रहे ।

काठमाडौँका लागि ललित नारायण राजवंशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट हात पारे। अन्य बलरहरु रशिद खानले २ र सुबोध भाटी १ विकेट लिन सफल भएका थिए ।

प्रतिकृया दिनुहोस

यी हुन् विश्वकपमा आज हुने दुई खेल

१८ असार । विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेल ब्राजिल विरुद्ध मेक्सिको समय : ७:४५ बजे दोस्रो खेल बेजियम विरुद्ध

पोर्चुगल भर्सेस इरान : स्पेनलाई समेत चुनौती

११ असार, काठमाडौं । विश्वकप समूह ‘बी’ को अन्तिम खेलमा सोमबार राति पौने १२ बजे स्पेनले मोरक्कोसँग र पोर्चुगलले इरानसँग खेल्दै छन् ।मोरक्को समूह

विश्वकप २०१८ : अर्जेटिना र आइसल्याण्डको खेल सुरु

काठमाडौं । रुसमा जारी  विश्वकपमा अर्जेन्टिना र आइसल्याण्डको खेल सुरु भएको छ । अर्जेन्टिना र आइसल्याण्ड पहिलो पटक खेल्न लागेको हो ।सन् १९३० देखि नै