म टेबुल टेनिसको खेलाडी हुँ : अध्यक्ष प्रचण्ड

काठमाडौं,  चैत । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू टेबुल टेनिसको खेलाडी भएको बताएका छन् । अन्तराष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशनको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आफू हाइस्कूलमा पढ्दा फुटबल, हाइस्कुल सकेपछि भलिबल र बिएस्सी पढ्दा टेबुल टेनिस खेल्न थालेको अहिले पनि टेबुल टेनिस खेल्ने गरेको बताउनुभयो । ‘मैले रामपुरमा बिएस्सी पढ्दै गर्दा टेबुल टेनिस सिकेको हो । र, शान्ति सम्झौतापछि मैले नियमित टेबुल टेनिस खेल्न थालेको पनि १०÷१२ वर्ष हुन लाग्यो,’ प्रचण्डले भने, ‘मैले प्रधानमन्त्री हुँदा पनि टेवुल टेनिस खेल्न छाडिनँ । बरु, बालुवाटारमा टेबुल टेनिस खेल्न एउटा घरै बनाएको छु ।’

आफू प्रधानमन्त्री हुँदा अन्तराष्ट्रिय खेलाडी तारिफ खानसँग टेनिस खेलेको फोटो विश्वभरि फैलिएको स्मरण गर्दै उनले भने, ‘मलाई यति थाहा थिएन, फेरि मैले टेबुल टेनिस खेलेको कुरा विश्वभरि थाहा हुन्छ भन्ने कुरा । मैले टेबुल टेनिस खेल्दा एशोसिएशनले पिस अवार्ड प्राप्त सुन्दा विशेष हर्ष र गर्व महशुस भएको छ ।’

प्रतिकृया दिनुहोस

अर्थतन्त्र : २०७५

काठमाडौँ — नयाँ वर्षलाई स्वागत गर्नलाग्दा के निसंकोच भन्न सकिन्छ भने मुलुकको अर्थतन्त्र र राजनीतिले अहिले एक लय समातेको छ । विदेशी

संस्कृतिविद् भन्छन्, विश्व, बिसिक, बिस्क, बिस्का हुँदै बिस्केट

भक्तपुर : बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रात मनाइन्छ। मध्यपुर थिमी, नगदेश र बोडेमा तीन दिन। भक्तपुरको यति प्रसिद्ध जात्राका विषयमा भने फरक–फरक

होला त अमेरिका–चीन व्यापार युद्ध ?

अमेरिकाको ट्रम्प सरकारले चीनमाथि प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । किनकि, चीनले अमेरिकाको बौद्धिक सम्पत्ति चोरी गरिरहेको उसको विश्वास छ । ट्रम्प