कसरी पछि परे सुपर स्टार रोनाल्डो ?

एजेन्सी, २४ चैत ।  च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्ट्सविरुद्ध रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले गरेको उच्च प्रदर्शनको चर्चा अझै सेलाएको छैन । ३–० ले रियल जितेको त्यो खेलमा टोली गरेका सबै गोलमा रोनाल्डोको भूमिका रह्यो ।

बाइसाइकल किकसहित २ गोल र अर्को गोलका लागि उनले असिस्ट गरेका थिए । उनी च्याम्पियन्स लिगमा लगातार १० गोल गर्ने पहिलो खेलाडी बने । यो सिजन मात्र च्याम्पियन्स लिगका ९ खेलमा १४ गोल गरिसकेका छन् ।

युभेन्ट्सविरुद्धको त्यो प्रदर्शनले उनी च्याम्पियन्स लिगको प्लेयर अफ दी विकका लागि हकदार रहेको धेरैको बुझाई थियो । तर, त्यो प्रदर्शन मात्र पर्याप्त नहुने यो पटकको छनोटले देखाएको छ ।

च्याम्पियन्स लिग क्वार्टरफाइनल लेगका ४ खेलको समाप्ती पछि युइएफलेले प्ले अफ दी विक घोषणा गरेको छ । जसले धेरै फुटबल प्रेमीलाई आश्चार्यमा पारेको पनि हुनसक्दछ । प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीविरुद्ध उच्च प्रदर्शन गरेका लिभरपुलका मोहम्मद सालाहले यो पटक च्याम्पियन्स लिग साताको उत्कृष्ट खेलाडी चुनिएका छन् ।

सालाह भन्दा रोनाल्डोको प्रदर्शन बढी महत्वपूर्ण मान्नेहरु पनि छन् । रोनाल्डोको त्यो प्रदर्शन अवे खेलेमा थियो भने सालाहले घरेलु मैदानमा खेलेका थिए । रोनाल्डोले २ गोल गर्दै अर्कोमा असिस्ट गरे ।

टोलीका लागि उनले गरेको दोस्रो बाइसाइकल किक गोल साताभर चर्चामा रह्यो । तर, रोनाल्डो साताको उत्कृष्ट खेलाडी घोषित नहुदा उनका समर्थक उनीमाथि अन्याय भएको ठान्दछन् ।

सालाहले पनि सिटिविरुद्ध १ गोल गर्नुका साथै अर्को गोलमा असिस्ट गरेका थिए । तर मतका आधारमा तय हुने प्लेयर अफ दी विकेमा सालाहले रोनाल्डोलाई निकै पछि पारेका छन् ।

उनले ५७ प्रतिशत मत प्राप्त गर्दा रोनाल्डोको भागमा ३५ प्रतिशत मात्र मत परेको छ । बायर्न म्युनिखका हामेस रोड्रिगेजले ५ र बार्सिलोनाका जेरार्ड पिकेले ४ प्रतिशत मत पाएका छन् ।

प्रतिकृया दिनुहोस

यी हुन् विश्वकपमा आज हुने दुई खेल

१८ असार । विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेल ब्राजिल विरुद्ध मेक्सिको समय : ७:४५ बजे दोस्रो खेल बेजियम विरुद्ध

पोर्चुगल भर्सेस इरान : स्पेनलाई समेत चुनौती

११ असार, काठमाडौं । विश्वकप समूह ‘बी’ को अन्तिम खेलमा सोमबार राति पौने १२ बजे स्पेनले मोरक्कोसँग र पोर्चुगलले इरानसँग खेल्दै छन् ।मोरक्को समूह

विश्वकप २०१८ : अर्जेटिना र आइसल्याण्डको खेल सुरु

काठमाडौं । रुसमा जारी  विश्वकपमा अर्जेन्टिना र आइसल्याण्डको खेल सुरु भएको छ । अर्जेन्टिना र आइसल्याण्ड पहिलो पटक खेल्न लागेको हो ।सन् १९३० देखि नै