एप्पलको आइफोनमा चाँडै टचलेस स्क्रिन आउँदै,स्क्रिनलाई नछोई चलाउन सकिने

बिश्व प्रसिद्ध स्मार्टफोन कम्पनि एप्पलले आइफोनमा चाँडै नै टचलेस कन्ट्रोल तथा कर्भ्ड स्क्रिनको विकल्प ल्याउने भएको छ । हालै आएको दुई मिडिया रिपोर्टबाट प्राप्त भएको जानकारीमा टचलेस स्क्रिन र कर्भ्ड स्क्रिन हुने दाबि गरिएको छ । यसअघि आएको एक रिपोर्टमा एप्पलले आफ्नो स्मार्टफोनको डिस्प्ले आफैँ तयार गर्दै गरेको दावी गरिएको थियो ।

स्मार्टफोन निर्माता कम्पनि एप्पलले छिट्टै नै आइफोनमा टचलेस कन्ट्रोल र कर्भ्ड डिस्प्लेको बिकल्प ल्याउन सक्छ । रिपोर्टका अनुसार यो फिचर पछि आइफोन युजरहरुले स्क्रिनमा  हात नलगाई पनि काम गर्न सक्छन् । यद्धपि कम्पनि अहिले यो प्रोजेक्टमा काम गरिरहेको भएतापनि खबरका अनुसार कम्पनिले यसलाई यथार्थ बनाउनको लागि कम्पनिलाई लाभग दुई बर्ष लाग्ने छ ।

यसको साथै कम्पनि अहिले कर्भ्ड डिस्प्लेको लागि पनि काम गरिरहेको छ । अहिले एप्पलमा ओएलइडी स्क्रिनको प्रयोग भैरहेको छ । एक मिडिया संस्थानको रिपोर्टको अनुसार एप्पल अहिले माइक्रो एलइडीको टेक्निकमा काम गरिरहेको जनाएको छ ।

 यो भन्दा अघि प्राप्त भएको जानकारीका अनुसार एप्पलले आफ्नै डिस्प्ले डिजाइन गरिरहेको र भविष्यमा ति डिस्प्लेहरुको उत्पादन सुरु गरिने बताइएको थियो । कम्पनि क्यालीफोर्निया हेडक्वाटरमा यो प्रोजेक्टमा काम गर्दै छ,र उक्त डिस्प्ले परिक्षणको क्रममा रहेको छ ।

एप्पलले अहिले सम्म सामसुङ र एलजीको डिस्प्लेमा निर्भर रहेर काम गरिरहेको छ तर अब कम्पनिले आफ्नै स्क्रिन निर्माण गरेर दुई कम्पनिहरु सँगको आफ्नो निर्भरता टुङग्याउन चाहेको छ । यदि यस्तो भएमा सामसुङ तथा एलजी जस्ता ठुला कम्पनिहरुले एकदमै ठुलो घाटा व्यहोर्नु पर्ने हुन्छ ।   

 रिपोर्टका अनुसार एप्पलको डिस्प्ले बजार मा उपलब्ध भएमा सामसुङ मात्र नभएर अन्य धेरै कम्पनिहरुलाई पनि यसको असर पर्नेछ ।

एप्पलले डिस्प्ले बजारमा लन्च गर्नका लागि धेरै ठुलो योजना बनाई रहेको छ । ६२ हजार बर्गफुटमा फैलिएको  ठाउँमा कम्पनिले आफ्नो गोप्य योजना बनाइरहेको छ । माइक्रो एलईडी डिस्प्ले उत्पादन गर्ने यो पप्रोजेक्टमा लगभग तीनसय इन्जिनियरहरु कार्यरत छन् ।  

प्रतिकृया दिनुहोस

गुगलले हामीले सर्च गरेका हरेक कुरा कसरि पत्ता लगाउँछ,थाह पाउनुहोस्

जब हामीले गुगल सर्चमा गएर केहि टाइप गर्छौ,तब गूगलले हाम्रो मनको कुरा सजिलै पत्ता लगाउँछ । प्राय: हामीले देख्छौँ कि जब हामि केहि कुराहरु सर्च गर्नको

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट

एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको

टेलिकमको एप्सबाट प्याकेज गिफ्ट गर्न सकिने

काठमाडौं– नेपाल टेलिकमले आफ्नो मोबाइल एप्स ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम,