वर्षाले रु दश करोडको काँचो इँट्टा नष्ट

लुम्बिनी / चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन् । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएको छ । लुम्बिनी इँट्टा व्यवसायी संघ भैरहवाका अनुसार चार दिनअघि आएको बर्सातले रुपन्देहीका ५२ वटा इँट्टा उद्योगका दुई करोड ६० लाख गोटाभन्दा बढी पोल्न तयार काँचो इँट्टा गलेर नष्ट भएका हुन् । झरीका कारणले गलेर इँट्टा नष्ट हुँदा अहिले रु १० करोडभन्दा बढीको व्यवसायीले नोक्सानी बेहोरेका इँट्टा व्यवसायी संघ लुम्बिनीका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । अहिलेको झरीले एउटा भट्टामा कम्तीमा दुई लाखदेखि १० लाखसम्म काँचो इँट्टा गलेर नोक्सान भएको लुम्बिनी इँट्टा व्यवसायी संघका लेखा समिति संयोजक गोविन्द ज्ञवालीले बताउनुभयो ।

रुपन्देहीमा उत्पादन हुने इँट्टा रुपन्देहीका अलावा पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा लगायतका स्थानमा पुग्ने गरेको छ । मंसिरदेखि वैशाखसम्म इँट्टा उत्पादन हुने समय भएको र त्यसपछिको ६ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ । बेमौसमी वर्षाका कारण काँचो इँट्टा गलेर नष्ट भए पनि बजारमा इँट्टाको अभाव हुन नदिन आफूहरु लागिपरेको संघका सचिव अजयकुमार गुप्ताले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

पेट्रोलियम वितरणमा कोटा तोकियो

काठमाडौं – ढुवानीकर्तालाई अत्यावस्यकीय सेवा ऐन लगाएरै भएपनि पेट्रोलिम पदार्थ आपूर्ति सहज बनाउने भन्दै आएको सरकारले पेट्रोलियम पदार्थको विक्री

१ डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा

काठमाडौ– निरन्तर बढ्दै गएको डलरको मुल्य शुक्रबार ११३ रुपैयाँ ४९ पैसा पुगेको छ। नेपाल राष्ट्रबैंक  विदेशी विनिमय विभागले तोकेको डलरको याे

एक डलर बराबर ११३ रुपैयाँ

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरप्रति आकर्षण बढेकाले यसको मूल्य फेरि बढेको छ। नेपाली बजारमा डलरको मूल्य एक सय १२ रुपैयाँ नाघेको छ।