अब स्न्यापच्याटबाट गर्नुहोस् ग्रुप भिडियो च्याट

अहिलेको समयमा युवापुस्ताहरु माझ निकै नै लोकप्रिय सामाजिक संजालको एप्लिकेशन स्न्यापच्याटमा नयाँ ग्रुप भिडियो च्याट फिचर आएको छ । स्न्यापच्याटले भित्र्याएको यो नयाँ फिचरमा एकैपटकमा १६ जना प्रयोगकर्ताले एक–आपसमा च्याट गर्न सक्नेछन् ।

यसमा पनि सबैभन्दा रमाइलो फिचर के छ भने ग्रुप च्याटमा टेक्स्ट, भिडियो वा अडियोमार्फत जोडिने भन्ने प्रयोगकर्ता आफैँले निर्णय गर्न सक्छन् ।

जस्तै, कुनै ग्रुप च्याटमा तपाईं हुनुहुन्छ र त्यसमा आफ्नो भिडियो नदेखियोस् भन्ने चाहनुहुन्छ भने तपाईंले आफ्नो भिडियो अफ गरेर अडियोमार्फत च्याट गर्न सक्नुहुन्छ । अथवा, टेक्स्ट लेखेर मात्रै पनि त्यो ग्रुप च्याटमा सामेल हुन सक्नुहुन्छ ।


 

भिडियो च्याट प्रयोग गर्दा पनि स्न्यापच्याटमा उपलब्ध सबै फेस फिल्टर प्रयोग गर्न सकिन्छ । यसले ग्रुप च्याट फिचरलाई झनै रोचक बनाएको छ । एकैपटक यति धेरै प्रयोगकर्ता जोडिन सक्ने र जुनसुकै माध्यमबाट पनि च्याटमा सामेल हुन सक्ने फिचर अहिले सम्म अन्य कुनै सोसल मिडियाले सुरु गरेका छैनन् ।

तर स्न्यापच्याटको यो फिचर बिस्तारै अन्य सोसल मिडियाहरु पनि सुरु गर्ने अनुमान गरिएको छ ।

ग्रुप च्याटसँग स्न्यापच्याटमा अर्को अपडेट पनि आएको छ । स्न्यापच्याटमा स्टोरीहरु सेयर गर्दा त्यसमा अन्य प्रयोगकर्तालाई पनि मेन्सन गर्न सकिन्छ । यसबाट ती स्टोरीमा प्रयोगकर्ताबीचको संलग्नता र कुराकानी झनै बढ्ने अनुमान छ । 

प्रतिकृया दिनुहोस

गुगलले हामीले सर्च गरेका हरेक कुरा कसरि पत्ता लगाउँछ,थाह पाउनुहोस्

जब हामीले गुगल सर्चमा गएर केहि टाइप गर्छौ,तब गूगलले हाम्रो मनको कुरा सजिलै पत्ता लगाउँछ । प्राय: हामीले देख्छौँ कि जब हामि केहि कुराहरु सर्च गर्नको

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट

एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको

टेलिकमको एप्सबाट प्याकेज गिफ्ट गर्न सकिने

काठमाडौं– नेपाल टेलिकमले आफ्नो मोबाइल एप्स ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम,