३ करोडको फिल्म बनाउँदै राजेश हमाल

महानायकको ट्याग पाएका अभिनेता राजेश हमाल अब फिल्म निर्देशनमा होमिने कन्फर्म भएको छ । आफ्नो जर्बजस्त अभिनयबाट बर्षौदेखि नेपाली फिल्ममा राज गरिरहेका उनलाई चाँडै एक्सन-कट गर्दै गरेको देखिने भएको छ ।  फिल्ममा उनको निर्देशन र अभिनय रहनेछ । उनको अपोजिटमा अभिनेत्री प्रियंका कार्की हुने लगभग पक्कापक्की भइसकेको स्रोत बताउँछ ।देश तथा विदेशमा हुने धेरै साँस्कृतिक कार्यक्रममा हमाल र प्रियंकाले कम्मर मर्काएका छन् । खबरअनुसार, केही दिनमा नै प्रियंकाले औपचारिक रुपमा फिल्म साइन गर्दैछिन् । 

यस्तै, अभिनेत्री नम्रता सापकोटासँग पनि मौखिक कुराकानी भएको छ । ३ करोड बजेट रहने फिल्मको अधिकांश छायांकन अमेरिकामा हुनेछ ।फिल्मको स्क्रिप्टको काम सकिसकेको र अहिले हमाल कलाकार छनौटमा जुटेका छन् । अमेरिकामा बस्दै आएका अनिल पाण्डे र युवराज कार्कीले निर्माण गर्ने फिल्मको नाम गोप्य राखिएको छ ।फ्लोरमा गएपछि मात्र फिल्मको नाम 'रिभिल' गरिनेछ । केही दिन अगाडि मात्र उक्त फिल्मका लागि चार गीत रेकर्ड भइसकेका छन् । 

प्रतिकृया दिनुहोस

‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

 बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग