आईपीएलमा हैदरावादको शानदार जित, राजस्थान ९ विकले हार्‍यो

२७ चैत, काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा हैदरावादले राजस्थान रोयल्सलाई नौ विकेटले हराएर सुखद सुरुआत गर्‍यो ।

राजस्थानले दिएको १२६ रनको लक्ष्य पछ्याएको हैदरावादले एक विकेटको क्षतिमा १२७ रन बनाएर सहज जित निकाल्यो । यो जितमा शिखर धवन र कप्तान केन विलियम्सनले ११३ रनको साझेदारी गरे ।धवनले ५७ बलमा ७७ रन बनाए । त्यसमा १३ चौका र एक छक्का सामेल थियो । धवन प्लेयर अफ द म्याच बने ।

यसैगरी कप्तान केन विलियम्सनले ३५ बलमा ३६ रन बनाए । धवन र विलिम्सन दुबै अविजित रहे । रिद्धिमान साहाले ५ रन बनाए ।राजस्थानका लागि जयदेव उनादकदले एक विकेट लिए ।यसअघि राजस्थानका सन्जु सामसन अर्धशतक बनाउन एक रनले चुके । श्रेयस गोपालले १८, राहुल त्रिपाठीले १७ र अजिन्क्य रहाणेले १३ रन बनाए । अरुले दोहोरो अंकको रन बनाउन सकेनन् ।बलिङतर्फ हैदरावादका सकिब अल हसन र सिद्धार्थ कौलले २-२ विकेट लिए । राशिद खान, बिली स्टानलेक र भुवनेश्वर कुमारले एक-एक विकेट लिए ।

प्रतिकृया दिनुहोस

औसतमा एसियाड तयारी

काठमाडौँ — नेपालले एसियाली खेलकुदका पछिल्ला दुई संस्करणमा १–१ कांस्य पदकमा चित्त बुझाएको थियो । सन् २०१० ग्वान्झाउमा बक्सिङका दीपक महर्जन र २०१४

यी हुन् विश्वकपमा आज हुने दुई खेल

१८ असार । विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेल ब्राजिल विरुद्ध मेक्सिको समय : ७:४५ बजे दोस्रो खेल बेजियम विरुद्ध

पोर्चुगल भर्सेस इरान : स्पेनलाई समेत चुनौती

११ असार, काठमाडौं । विश्वकप समूह ‘बी’ को अन्तिम खेलमा सोमबार राति पौने १२ बजे स्पेनले मोरक्कोसँग र पोर्चुगलले इरानसँग खेल्दै छन् ।मोरक्को समूह