भारतको काँगडामा स्कुल बस दुर्घटना, २७ जनाको मृत्यु

२७ चैत, काठमाडौं । भारतको हिमाचल प्रदेशको काँगडा जिल्लामा एक स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो बालबालिका छन् । चालक र दुई शिक्षकको पनि दुर्घटनामा मृत्यु भएको छ ।

बजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कुलको उक्त बसमा करिब ६० जना सवार थिए । बसमा चारदेखि १२ वर्ष उमेर समूहका बालबालिका थिए ।जिल्लाका एसपी सन्तोष पटियालका अनुसार बस करिब चार सय फिट तल खोंचमा खसेको छ । मलकवाल गाउँको उक्त खोंचमा खसेको बसलाई सडकबाट देख्न समेत सकिँदैन । केही बालबालिकाको अवस्था अज्ञात छ ।

प्रहरीका अनुसार घटनास्थलबाट ६ जनालाई उद्धार गरेर पठानकोट र नुरपुरका अस्पतालमा उपचार गर्न पठाइएको छ ।विद्यालय विदा भएपछि बालबालिकाहरुलाई उनीहरुको घरमा छोड्न जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न नसकेको स्थानीय भारतीय अधिकारीहरुले बताएका छन् ।मृतक परिवारलाई पाँच लाख रुपैयाँको दरले राहत दिने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस

मलेसियामा ४७ नेपाली पक्राउ

काठमाडौँ, असोज १० गते । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी

भियतनामी राष्ट्रपति ट्रान दाई क्वाङको निधन

हनोई – भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा

जिम्बाब्वेका राष्ट्रपतिद्वारा सपथ

हरारे  (बिबिसी) – जिम्बाब्वेका नव निर्वाचित राष्ट्रपति एमर्सन म्नागाग्वाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन्। अमेरिकी निर्वाचन