बालअधिकारका लागि सगरमाथा आरोहण गर्दै स्काउट लिडर पाण्डे

एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन्।यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले बालअधिकारका लागि चेतना फैलाउन आफूले बुधबारदेखि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए।

“बालबालिकाको हकअधिकारलाई सगरमाथाको चुचुरोबाट उठाउने, नेपालको पर्यटन विकासमा योगदान पु¥याउने, विभिन्न देशका स्काउटलाई सगरमाथा चढ्न आह्वान गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको हुँ”, उनले भने।

उनले सगरमाथा आरोहणमा ४५ लाख खर्च लाग्ने र रकम बचेमा बालबालिकाको वृत्तिविकासमा खर्च गरिने बताए। रामेछाप निवासी पाण्डेले विश्व स्काउट र राष्ट्रिय युवा परिषद्का झण्डा, चार शहीद र रामेछाप जिल्लाका तस्वीर तथा ललितपुर स्काउटको स्वर्णजयन्तीको प्रतीकचिह्न सगरमाथामा पु¥याउन लागिएको पनि जानकारी दिए।पाण्डेलाई विभिन्न संघसंस्थाको झण्डा तथा प्रतीकचिह्न हस्तान्तरण गर्दै प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले स्काउटमा लागेर विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्नु देशकै गौरव कार्य भएको बताए।

“आरोहणले रामेछाप र नेपालको परिचय झल्कनेछ”, उनले भने।युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले देशका एक करोड सात लाख युवाको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेकामा उहाँलाई शुभकामना व्यक्त गरे।

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले स्काउटका लागि साहस चाहिने भएकाले उक्त साहसलाई सगरमाथा आरोहणमा प्रयोग गर्न लागेकामा खुशी व्यक्त गरे। पाण्डेको टोलीमा आठ जना आरोहण सदस्य रहेका छन्।

प्रतिकृया दिनुहोस

भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित्

काठमाडौँ,  चैत २१ गते । पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ । काठमाडौँ

बुद्ध एयरलाई उत्कृष्ट घरेलु एयरलायन्स कम्पनी अवार्ड

काठमाडौँ — बुद्ध एयर उत्कृष्ट घरेलु एयरलायन्स कम्पनी–२०१८बाट पुरस्कृत भएको छ । फ्रेस्ट एण्ड सलिभियन नेपाल नामक संस्थाले कम्पनीलाई वर्षतको

पर्यटकको आगमन शुरु

रसुवा, चैत ३ गते । लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज