आईजिपी नियुक्तिमा ओली र प्रचण्डबीच कुरा मिलेन, साँझ बालुवाटरमा छलफल हुँदै

काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल अघि बढाएका छन्।छलफलका लागि ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गृहमन्त्री रामबहादुर थापालाई बोलाएका छन्। 

बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले अवकाश पाउन लागेकाले मंगलबार नै सरकारले दुवै सरकारमा नयाँ आइजिपी बढुवा गर्न लागेको हो। एमाले र माओवादीबीच कुरा नमिल्दा मंगलबार बिहानको मन्त्रिपरिषद् बैठकमा यससम्बन्धी प्रस्ताव पेश भएन। कुरा मिलेमा आइजिपी नियुक्तिका लागि मंगलबार नै मन्त्रिपरिषद्को अर्को बैठक बस्ने सम्भावना रहेको प्रधानमन्त्री निकट एक अधिकारीले बताए।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका प्रचण्डसँग पनि यस विषयमा छलफल गरिरहेका छन्। स्रोतका अनुसार ओलीले पुष्कर कार्कीको प्रस्ताव गरेकोमा प्रचण्डले सर्वेन्द्र खनालको नाम लिएपछि कुरा नमिलेको हो। केही व्यक्तिहरुले तेस्रो विकल्पमा रुपमा रमेश खरेलको नाम लिएका छन्।आजै अर्को मन्त्रीपरिषद् बैठक बसेर आईजिपी नियुक्तिबारे छलफल गर्ने भनिएपछि बैठक तय भएको छैन। ओली, प्रचण्ड र थापाबीच साँझ बालुवाटारमा छलफल गर्न लागिएको छ। 

प्रतिकृया दिनुहोस

देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  नेपाल प्रगतिशिल इन्जिनियर

मन्त्रिपरिषद् बैठक : कर्मचारी समायोजन अध्यादेश स्वीकृत

काठमाडौँ — मन्त्रिपरिषद्को सोमबार अबेरसम्म बसेको बैठकले बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ ।    स्थानीय तह र प्रदेशमा

नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी

काठमाडौँ, असोज २२ गते । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र