महेन्द्रनगर डिपिएलको क्वालिफायरमा

कैलाली ।रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) महेन्द्रनगर युनाइटेड धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को क्वालिफायरमा प्रवेश गरेको छ । आज भएको इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई १५ रनले पराजित गरेको हो। यो सँगै सिवाइसी अत्तरिया प्रतियोगिताबाट बाहिरिएको छ।

विजयी महेन्द्रगरले अब फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्सको सामना गर्नेछ। काठमाडौं आज भएको प्लेअफ खेलमा टिम चौराह धनगढीसँग पराजित भएपनि फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो।

महेन्द्रनगरले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको अत्तरियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १५ रनमात्र बनाउन सक्यो । अत्तरियाका सुवास खकुरेलले ३० रन बनाएपनि टिमलाई जिताउन सकेन ।

विपीन चन्द्रा २८ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी २७ रनमा आउट भए । दीपेन्द्र र विपीनले चौथो विकेटका् लागि ५० रनको साझेदारी गर्दै इनिङ्स उकासेपनि टिमलाई जिताउन सकेनन् ।

प्रतिकृया दिनुहोस

औसतमा एसियाड तयारी

काठमाडौँ — नेपालले एसियाली खेलकुदका पछिल्ला दुई संस्करणमा १–१ कांस्य पदकमा चित्त बुझाएको थियो । सन् २०१० ग्वान्झाउमा बक्सिङका दीपक महर्जन र २०१४

यी हुन् विश्वकपमा आज हुने दुई खेल

१८ असार । विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेल ब्राजिल विरुद्ध मेक्सिको समय : ७:४५ बजे दोस्रो खेल बेजियम विरुद्ध

पोर्चुगल भर्सेस इरान : स्पेनलाई समेत चुनौती

११ असार, काठमाडौं । विश्वकप समूह ‘बी’ को अन्तिम खेलमा सोमबार राति पौने १२ बजे स्पेनले मोरक्कोसँग र पोर्चुगलले इरानसँग खेल्दै छन् ।मोरक्को समूह