प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र

२७ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् ।मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो ।आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।डीआईजीमा बढुवा भएको ८ महिना मात्र भएकाले नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन । प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ ।

सशस्त्रको कमाण्ड शैलेन्द्र खनाललाई

मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए ।बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गरेका थिए ।नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् ।

प्रतिकृया दिनुहोस

देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  नेपाल प्रगतिशिल इन्जिनियर

मन्त्रिपरिषद् बैठक : कर्मचारी समायोजन अध्यादेश स्वीकृत

काठमाडौँ — मन्त्रिपरिषद्को सोमबार अबेरसम्म बसेको बैठकले बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ ।    स्थानीय तह र प्रदेशमा

नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी

काठमाडौँ, असोज २२ गते । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र